default_image

5 years ago

November 12, 2018

बाग्लुङमा तीन दिने राष्ट्रिय कराते च्याम्पियनसिप हुने

36 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बाग्लुङमा तीनदिने गाँउपालिका अध्यक्ष राष्ट्रिय कराते कप प्रतियोगिता हुने भएको छ । बडिगाड डोजो, बडिगार्ड गाँउपालिका बाग्लुङको आयोजनामा हुने प्रतियोगिता मंसिर १ गतेबाट ३ गतेसम्म बडिगाड गाउँपालिकाको खारबजारमा आयोजना हुनेछ ।

प्रतियोगितामा तीन विभागीय टोलीसहित ७ प्रदेश र आयोजक टिम गरी ११ टोलीको सहभागीता रहने आयोजक बडिगाड डोजोका अध्यक्ष राजनकुमार पाइजाले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ ५०, ५५, ६०, ६७, ७५, ८४ र ८४ केजी माथि एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ ।

महिलातर्फ ४५, ५०, ५५, ६१, ६८ र ६८ केजी माथि एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता कुल १७ इभेन्ट्समा १७ स्वर्णको लागी प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको प्रथम स्थान हासिल गर्ने टिमले ७५ हजार, दोस्रो स्थानले ५० हजार र तेस्रो हुनेले २५ हजार सहित ट्रफि र प्रमाण पत्र हात पार्नेछ ।

प्रतियोगिताको लागि करिव ३५ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । यसका लागि गाउँपालिकाले २० लाख रकम बिनियोजन गरेको आयोजकले जनाएको छ । स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गराएर स्तर मापन गर्न यस प्रतियोगिता गरिएको संयोजक पाइजाले बताए ।

Success

Thank you for your time.