default_image

5 years ago

November 20, 2018

पुलिसलाई बडिगाड अध्यक्ष कप कराँतेको उपाधि

41 views

0 Bookmark

बागलुङ (हाम्रो खेलकुद) – बागलुङको बडिगाड गाउँपालिकामा भएको प्रथम गाउँपालिका अध्यक्षकप राष्ट्रिय कराँते प्रतियोगिता नेपाल पुलिस क्लब प्रथम भएको छ ।

बडिगाड गाउँपालिकाको आर्थिक सहयोग तथा बडिगाड डोजोको आयोजनामा १ गतेदेखि ३ गतेसम्म चलेको प्रतियोगितामा नेपाल पुलिस क्लब प्रथम, शसस्त्र प्रहरी बलको एफपिएफ क्लब द्धितिय र आयोजक बडिगाड डोजो तृतीय हुन सफल भएका छन् ।

प्रथम स्थान हालिस गरेको पुलिसले १० स्वर्ण, ३ रजत र १ काश्य पदक, द्धितिय भएको एपिएफले ५ स्वर्ण, ५ रजत तथा ४ काश्य पदक र तृतीय भएको आयोजक बडिगाड डोजोले २ स्वर्ण, १ रजत सहित ३ काश्य पदक जितेका थिए ।

प्रतियोगितामा प्रथम हुने नेपाल पुलिस क्लबले ७५ हजार रुपैयाँ, द्धितिय एपिएफले ५० हजार र तृतीय बडिगाड डोजोले २५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

प्रतियोगितामा बडिगाड डोजोका नविन रसायली र महिला तर्फ एपिएफकी नविना श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका थिए । विभागिय टिम नेपाल प्रहरीको नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब, ७ ओटै प्रदेश र आयोजक गरी १० टिमले सहभागिता जनाएको प्रतियोगितामा ३ सय बढि खेलाडीको सहभािगता रहेको आयोजकले जनाएको छ ।

प्रथम बडिगाड महोत्सव तथा पौदी न्वागी मेलाको अवसरमा आयोजना गरिएको प्रतियोगिता सम्पन्न गर्नको लागि बडिगाड गाउँपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजित गरेको थियो ।

Success

Thank you for your time.