default_image

8 years ago

April 12, 2016

पर्शुराम र मुकुन्द्र अष्ट्रेलिया जाने

काठमाडौं – नेपाली कराते खेलाडीद्धय पर्शुराम बास्तोला र मुकुन्द्र महर्जन मंगलबार अष्ट्रेलिया जाने भएका छन् । अष्ट्रेलिया कराते महासंघको आयोजनमा सिड्नीमा हुने अष्ट्रेलियन खुला कराते च्याम्पियनसिप २०१६ मा सहभागी हुन उनीहरु त्यसतर्फ जान लागेका हुन् । अप्रिल १५ देखि १७ सम्म हुने च्याम्पियनसिपमा पर्शुरामले व्यक्तिगत कातामा र मुकुन्द्रले ६७ केजी मुनिमा प्रतिस्पर्धा गर्नेछन् । टिम […]

40 views

0 Bookmark

काठमाडौं – नेपाली कराते खेलाडीद्धय पर्शुराम बास्तोला र मुकुन्द्र महर्जन मंगलबार अष्ट्रेलिया जाने भएका छन् । अष्ट्रेलिया कराते महासंघको आयोजनमा सिड्नीमा हुने अष्ट्रेलियन खुला कराते च्याम्पियनसिप २०१६ मा सहभागी हुन उनीहरु त्यसतर्फ जान लागेका हुन् ।

विदाईपछि मुकुन्द्र महर्जन र पर्शुराम बास्तोला ।

विदाईपछि मुकुन्द्र महर्जन र पर्शुराम बास्तोला ।

अप्रिल १५ देखि १७ सम्म हुने च्याम्पियनसिपमा पर्शुरामले व्यक्तिगत कातामा र मुकुन्द्रले ६७ केजी मुनिमा प्रतिस्पर्धा गर्नेछन् । टिम प्रशिक्षकमा अष्ट्रेलियामा रहेका राजु महर्जन छन् ।
नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ्गले मंगलबार खेलाडीको विदाई गरे । कार्यक्रममा महासंघका सचिव ओम प्रसाई, सदस्य निवास गोपाल बैद्य, राष्ट्रिय टिम प्रशिक्षक दीपक श्रेष्ठ लगायतको उपस्थिती थियो । कराते महासंघका सदस्य बैद्य र ललितपुर निवासी राम श्रेष्ठ “बोस” ले खेल सामाग्री प्रायोजन गरेका छन् ।

विदाईपछि मुकुन्द्र महर्जन र पर्शुराम बास्तोलाका साथ नेपाल पत्रकार महासंघका पदाधिकारी ।

विदाईपछि मुकुन्द्र महर्जन र पर्शुराम बास्तोलाका साथ नेपाल पत्रकार महासंघका पदाधिकारी ।

Success

Thank you for your time.