default_image

5 years ago

January 15, 2019

रौतहटमा कराँते ग्रेडिङ सम्पन्न

रौतहट (हाम्रो खेलकुद) – नेपाल सितोरियो करांते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा कराँतेको बेल्ड टेष्ट (ग्रेडिङ) सम्पन्न भएको छ । चन्द्रनिगाहपुरस्थित कराँते कभर्डहलमा भएको ग्रेडिङमा सोही डोजोमा नियमित रुपमा प्रशिक्षण गर्ने ४० जना खेलाडीको सहभागिता रहेको स्वयमसेवक प्रशिक्षक भिम बहादुर पहरीले जानकारी दिए । १० जना ह्वाईट बेल्टबाट अरेन्ज बेल्ड, २५ जना अरेन्ज बेल्डबाट हाफ ग्रीन […]

35 views

0 Bookmark

रौतहट (हाम्रो खेलकुद) – नेपाल सितोरियो करांते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा कराँतेको बेल्ड टेष्ट (ग्रेडिङ) सम्पन्न भएको छ ।

चन्द्रनिगाहपुरस्थित कराँते कभर्डहलमा भएको ग्रेडिङमा सोही डोजोमा नियमित रुपमा प्रशिक्षण गर्ने ४० जना खेलाडीको सहभागिता रहेको स्वयमसेवक प्रशिक्षक भिम बहादुर पहरीले जानकारी दिए । १० जना ह्वाईट बेल्टबाट अरेन्ज बेल्ड, २५ जना अरेन्ज बेल्डबाट हाफ ग्रीन र ५ जना हाफ ग्रीनबाट ग्रीन बेल्डमा प्रमोसन भएको पहरीले जानकारी दिए ।

ग्रेडिङमा महिला तर्फ शुभेक्षा पोखरेल र पुरुषतर्फ कृष भोलन उत्कृष्ट थिए । ग्रेडिङमा नेपाल खेलाडी तथा प्रशिक्षक संघ प्रदेश २ का संयोजक तथा करांते प्रशिक्षक सुरेन्द्र कुमार श्रेष्ठ, नेपाल सितोरियो करांते संघ रौतहटका अध्यक्ष अशोक कुमार पहाडी, सदस्य तथा स्वयम्सेवक प्रशिक्षक भुमिलाल भोलन लगायतको उपस्थिति रहेको थियो ।

Success

Thank you for your time.