default_image

5 years ago

February 27, 2019

कराते विवाद समाधानका लागि २१ सदस्यीय तदर्थ समिति गठन

काठमाडौं (हाम्रो खेलकुद) – लामो समयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताप्राप्त गरी फरक–फरक अस्तित्वमा रहेका दुई नेपाल कराँते महासंघको विवाद अन्त्यको लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले २१ सदस्यीय तदर्थ समिति गठन गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले संघ संस्थाको विवाद समाधान गर्न राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाको नेतृत्वमा गठन गरेको राष्ट्रिय खेल संघहरुको विवाद, समस्या […]

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लामो समयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताप्राप्त गरी फरक–फरक अस्तित्वमा रहेका दुई नेपाल कराँते महासंघको विवाद अन्त्यको लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले २१ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले संघ संस्थाको विवाद समाधान गर्न राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाको नेतृत्वमा गठन गरेको राष्ट्रिय खेल संघहरुको विवाद, समस्या समाधान सहजीकरण समितिले दुवै महासंघलाई निर्वाचनमार्फत एक हुने बिषयमा सहमति जुटाएर बुधबार २१ सदस्यीय तदर्थ समिति घोषणा गरेको हो । यो समितिले ३ महिनाभित्र कराँते महासंघको निर्वाचन गराउनु पर्नेछ । शम्भु आचार्यको नेतृत्वमा २१ सदस्यीय तदर्थ कमिटि गठन गरेको हो राष्ट्रिय मान्यता प्राप्त महासंघलाई दावा गुरुङ र अन्तराष्ट्रिय मान्यता प्राप्त महासंघलाई पुरेन्द्र बिक्रम लाखेले नेतृत्व गर्दै आएका थिए ।

निर्वाचन कमिटिको अध्यक्षमा आचार्यसँगै सह–अध्यक्षमा दावा गुरुङ, उपाध्यक्षमा पुरेन्द्र बिक्रम लाखे, महासचिवमा हरिशरण केसी, सह महासचिवमा ओमकृण्ण प्रसाई, सचिवमा वि आर मित्र र श्याम शेर्पा र कोषाध्यक्षमा सानुलाल श्रेष्ठ रहेका छन् । सदस्यमा छत्र आले, राजेन्द्र बराल, देव लामा, मजेन्द्र सिंह, नारायण मगर, यादव काफ्ले, धोजमान मोक्तान, निवास गोपाल वैद्य, ध्रुव विक्रम मल्ल, तारा वली, दुर्गा गौतम परियार, रवि महर्जन र मिङ्मा तामाङ रहेका छन् ।अब यो तदर्थ समितिले ३ महिनाभित्र निर्वाचन गराउनेछ । तदर्थ समितिका अध्यक्षले भने निर्वाचनमा उम्मेदवार बन्न पाउने छैन ।

सन् २०११ मा तत्कालीन राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव युवराज लामाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मान्यताप्राप्त नेपाल कराँते महासंघ अस्तित्वमा हुँदा हुँदै राष्ट्रिय मान्यताप्राप्त भन्दै आफ्नो संरक्षकत्व तथा दावा गुरुङको अध्यक्षतामा नेपाल कराँते महासंघ पुर्नगठन गरेपछि कराँते विवाद सतहमा आएको थियो । सन् २०१४ मा कराँतेबाट दुई टोली भएर एशियाली खेलकूद प्रतियोगितामा सहभागी भएको लज्जास्पद इतिहास नेपाली खेलकूदमा छ । कराँतेको विवादका कारण १२ औं दक्षिण एसियाली खेलकूदमा यसलाई समावेश गरिएको थिएन । एउटै खेलको दुईवटा खेल संघ हुँदा विशेषगरी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता कसले गर्ने भन्ने विवाद सतहमा आउने गर्दथ्यो ।

तदर्थ समिति घोषणा कार्यक्रममा सागमा करातेका स्वर्णधारी तथा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले यो क्षण ऐतिहासिक हुने बताए । ‘विगतको आठ वर्ष हामी करातेको विवादमा गुज्रियौं । यो बीचमा सबैभन्दा धेरै पीडा खेलाडीले भोगे । छनोट भएर पनि खेलाडीले खेल्नबाट वञ्चित हुनुपरेको इतिहास छ । म आफैले दुई एसियाड गेम्समा प्रशिक्षकको रुपमा यो पीडालाई नजिकबाट नियाल्ने मौका पाएको थियो,’ स्वर्णधारी श्रेष्ठले भने,‘आफ्नो पीडा आफ्नो ठाउमा छ । विवाद अब धेरै हदसम्म अन्त भएको महसुस गरेको छु । आफ्नो व्यक्तिगत मटमुटावलाई संस्थामा ल्याएर विवाद नगर्न अनुरोध छ । राष्ट्रिय खेल संघहरुको विवाद, समस्या समाधान सहजीकरण समितिको यो सह्रायिन कार्य हो ।’ यस्तै श्रेष्ठले आठौं सागमा नेपालले कराँतेमा इतिहास रचेको र अब नेपालमै हुने १३औ सागमा करातेले नयाँ इतिहास रच्न सफल हुने बताए ।

तदर्थ समितिका उपाध्यक्ष पुरेन्द्रबिक्रम लाखेले विगतको तिक्ततालाई बिर्सेर म बाट हैन हामीबाट भन्ने सन्देश दिन एकजुट हुनु आइपुगेको बताए । यस्तै सह–अध्यक्ष दावा गुरुङले कराँतेले राष्ट्रिय प्रतिष्ठालाई उचो बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा अग्रणी पदक दिदै आएको खेलको खस्कदो अवस्थाले चिन्तित भएर नै एक हुन बाध्य रहेको र सबै मिलेर अघि बढ्नुपर्ने बताए । उनले दुई, चार जना जुटाएर र फुटाएर अघि बढ्न नसकिने भन्दै यो एकीकरणले करातेका नया आयाम थपिने बताउदै खेलमा राजनीति बन्द गरिनुपर्ने बताए ।

तदर्थ समितिका अध्यक्ष शम्भु श्रेष्ठले मेरो कारणले सर्वसम्मत निकास दिने शर्तमा अध्यक्ष हुन तयार भएको बताए । उनले तदर्थ समितिले कसैलाई नभिडाउने र एकताबद्ध गरेर अघि बढ्नमा आफु तया रहेको र आफ्नो जिम्मेवारी पुरा गर्न वचनबद्धता व्यक्त गरे ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्टले आफुले राखेपमा सदस्य–सचिवको नियुुक्ति लिने बेलामा नै खेलकुदमा स्वर्ण युगको सुरुवात हुने बताएको स्मरण गर्दै अहिले स्वर्णकालको सुरुवात भएको लागेको बताए । उनले आठौं राष्ट्रिय खेलकुद हुन लागेको अवस्थामा तीन महिनाको समय छुट्याइएको जानकारी गराए ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले कराँतेले अन्तर्राष्ट्रिस्तरमा नेपालको प्रतिष्ठा उ्रच्च बनाएको इतिहास रहेको बताउदै तदर्थ समितिले निर्वाचन गराएपछि पुरानो साखलाई कराँतेले फिर्ता ल्याउन सफल हुनेछ भन्ने लागेको बताए ।

राखेप उपाध्यक्ष तथा राष्ट्रिय खेल संघहरुको विवाद, समस्या समाधान सहजीकरण समितिका संयोजक पिताम्बर तिम्सिनाले एकै प्रकृतिका दुईवटा संघको मिल्नेलाई मिलाउने हो, नमिल्नेलाई मिल्काउने रणनीति रहेको बताए । ‘खेलकुदलाई सबै विवादित बनाउने बिषयको अन्त्य हुदैछ । निकास दिन चाहन्छौ । खेलकुदमा कसको मान्छे भन्ने हेरिदैन, कस्तो मान्छे भन्ने हेरिन्छ । झण्डा र डन्डा हेरेर मुल्याङ्न गरिने छैन । दुई तिहाईको सरकार भएको अवस्थामा नेपाली खेलकुदको भातमारा हुन चाहान्नौ । पारदर्शीतालाई आधार बनाएर खेलकुदलाई अघि बढाउने हो ।’

यता, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले कराँतेको विकासका लागि दुवै महासंघका अध्यक्षले गरेको त्यागलाई सह्रानीय रहेको बताउदै विवाद समाधानमा सहज बातावरण बनाएकोमा धन्यवाद व्यक्र गरे । उनले अब करातेको विरासत १३औं साग गेम्समा देखिनेमा विश्वस्त रहेको समेत थपे ।

Success

Thank you for your time.