default_image

5 years ago

April 8, 2019

पदक विजेता खेलाडीलाई संघको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराँते संघले विभिन्न विधामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेको छ । सन् २०१८ नोभेम्बर २१ देखी २५ सम्म इन्डोनिसियाको जाकर्तामा भएको १५ औं एसियन प्यासिफक सितोरियो कराँते च्यम्पियनशिप र गत मार्च १५ देखि १७ सम्म जापानको टोकियोमा सम्पन्न भएको ९ औं सितोरियो कराँते डो वोल्ड च्याम्पियनशिपमा सहभागि तथा पदक […]

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराँते संघले विभिन्न विधामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेको छ ।

सन् २०१८ नोभेम्बर २१ देखी २५ सम्म इन्डोनिसियाको जाकर्तामा भएको १५ औं एसियन प्यासिफक सितोरियो कराँते च्यम्पियनशिप र गत मार्च १५ देखि १७ सम्म जापानको टोकियोमा सम्पन्न भएको ९ औं सितोरियो कराँते डो वोल्ड च्याम्पियनशिपमा सहभागि तथा पदक जित्ने खेलाडी, प्रशिक्षक र सहयोगी संघ संस्थालाई सोमबार सम्मान गरेको हो ।

गत मार्चमा जापानमा भएको ९ औं सितोरियो कराँते विश्व च्याम्पियनशिपका रजत विजेता दिगाम्बर प्रसाद पन्तलाई २५ हजार रुपैयाँ र कास्य पदक जित्ने विजय श्रेष्ठलाई १५ हजार रुपैयाँसहित माला र खादा लगाएर सम्मान गरियो ।

जाकर्तामा ५५ केजीमा स्वर्ण जितेका विजय श्रेष्ठ, पशुराम बास्तोला(कास्य), अनिस लामा (कास्य), दिगाम्बर प्रसाद पन्त (कास्य), गणेश बहादुर थिङ(स्वर्ण) लाई पनि सम्मान गरिएको छ । बास्तोला, लामा र थिङले जापानमा पनि कास्य पदक जितेका थिए ।

संघले प्रशिक्षक सोभित राज प्रसाई, ऋषि राम पौडेल, रवि महर्जन, राम थारु र कुशल श्रेष्ठलाई पनि सम्मान गरेको छ । त्यस्तै चनचला दनुवार, आशिष थापा, कुसुम खड्का, मनिसा थारु, सानी तामाङ र सरिता श्रेष्ठ लगायत  खेलाडी पनि सम्मानित भए ।

संघले मनकामना केवल कार, नेपाल पर्यटन बोर्ड, गैर आवासीय नेपाली संघ, केटिएम सेक्युरिटी सर्भिस प्रालिलाई विशेष सहयोगस्वरुप मायाको चिनो प्रदान गरेको थियो । सम्मान कार्यक्रममा कराँते संघका कार्यकारी अध्यक्ष दवा गुरुङ ,पुर्व खेलकुद मन्त्री राजन केसी, सांसद नवराज शिलवाल, गैर आवासिय नेपाली संघ (एनआरएनए) अध्क्षय भवन भट्ट लगातको सहभागिता थियो ।

Success

Thank you for your time.