default_image

8 years ago

May 4, 2016

एनएसकेए अन्तर्राष्ट्रिय कराते बुधबार

नेपाल सोतोकान कराते संघ (एनएसकेए) को आयोजनामा नवौं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बैशाख २९ गते, बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा व्यक्तिगत र टिमतर्फ कुमुते र काता गरी जम्मा ६३ स्वर्ण, ६३ रजत र १ सय २६ कांस्य गरी जम्मा २ सय ५२ पदकका लागि भिडन्त हुने आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले […]

36 views

0 Bookmark

नेपाल सोतोकान कराते संघ (एनएसकेए) को आयोजनामा नवौं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बैशाख २९ गते, बुधबारदेखि हुने भएको छ ।

प्रतियोगितामा व्यक्तिगत र टिमतर्फ कुमुते र काता गरी जम्मा ६३ स्वर्ण, ६३ रजत र १ सय २६ कांस्य गरी जम्मा २ सय ५२ पदकका लागि भिडन्त हुने आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् ।

नेपालसहित प्रतियोगितामा ७ राष्ट्रको सहभागिता रहने छ । नेपालबाट सर्वाधिक ७ सय तथा श्रीलंकाबाट सबैभन्दा कम ३ खेलाडीको सहभागिता रहने छ । त्यस्तै बंगलादेशबाट ९, पाकिस्तानबाट १३, इन्डोनेसियाबाट ५, दुबईबाट १७ तथा भारतबाट ३ सय ५० खेलाडी सहभागी हुने छन् ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १३ लाख रुपैयाँ खर्च हुने छ । तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । विगतका आठै संस्करणको उपाधि नेपालले जितेको थियो । गत वर्ष भूकम्पका कारण प्रतियोगिता सम्भव भएन ।

Success

Thank you for your time.