default_image

5 years ago

April 23, 2019

तेक्वान्दो -शीर्ष ३ मा विभाग, पुलिस टिम च्याम्पियन

नेपालगन्ज (हाम्रो खेलकुद)– आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दोमा टिम नेपाल पुलिस क्लब ११ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै टिम च्याम्पियन बनेको छ । ६ स्वर्ण ४ रजत र ७ कास्य पदक सहित १४ पदक जित्दै त्रिभुवन आर्मी क्लब दोश्रो भएको छ । अर्को विभागिय टिम एपिएफ क्लब २ स्वर्ण, ७ रजत […]

52 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)– आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दोमा टिम नेपाल पुलिस क्लब ११ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै टिम च्याम्पियन बनेको छ ।


६ स्वर्ण ४ रजत र ७ कास्य पदक सहित १४ पदक जित्दै त्रिभुवन आर्मी क्लब दोश्रो भएको छ । अर्को विभागिय टिम एपिएफ क्लब २ स्वर्ण, ७ रजत र ५ कास्य सहित १४ पदक जित्न सफल भयो । स्वर्ण र रजतको २१ । २१ पदक मध्ये १९ वटा स्वर्ण बिभागिय टिमको पोल्टामा र रजतका २१ मध्ये १४ वटा बिभागिय टिमलेनै जितेका छन् ।

स्वर्णका बाकी दुई पदक प्रदेश १ र प्रदेश ५ ले प्राप्त गरेका छन् । प्रदेश १ ले १ स्वर्ण, ३ रजत र ५ काश्य गरी कुल ९ पदक सहित चौथो स्थानमा रहदा प्रदेश ५ले १ स्वर्ण, १ रजत र ३ कास्य सहित ५ पदक जिति पाचौ स्थानमा रहे ।

त्यस्तै प्रदेश २ले १ रजत र ४ कास्य, प्रदेश ३ ले १ रजत ६ कास्य, सुदुर पश्चिमले १ रजत ३ कास्य र गण्डकी प्रदेशले ४ कास्य पदक जित्यो । प्रतियोगिता पुरुषतर्फ आर्मीका सक्षम कार्की र महिलातर्फ पुलिसकी रेजिना कार्की वेष्ट फाइटर घोषित भइन् । प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक पुलिसका रञ्जन श्रेष्ठ चुनिए ।

मंगलबार विभिन्न ६ तौल समुहका फाइनल भएका थिए । त्यसमा पुरुष ५४ केजि तौल मुनि नेपाल पुलिसका मनोज मल्लले स्वर्ण, एपिएफका गणेश चौधरीले रजत पदक जिते । त्यसै गरी महिलाको ४६ केजि मुनि तौल समुहमा पुलिस की रेजिना कार्कीले सुदूर पश्चिम प्रदेशकी गिता कठेतले रजतमै चित्त बुझाईन् ।

पुरुषको ५८ केजि मुनि तौल समुहमा प्रदेश ५का गोबिन्द बहादुर आलेले स्वर्ण जित्दा एपिएफका चन्द्र रानामगरले रजत पदक जिते । महिलाको ४९ केजि मुनि तौलमा आर्मीकी युनिसा राईले स्वर्ण र एपिएफकी अस्मिता खडकाले रजत प्राप्त जितिन् ।

पुरुषको ८७ केजि माथि तर्फ नेपाल पुलिसका अनुज पुजारीले स्वर्ण जित्दा नेपाली सेनाका रामहरी महतले रजत जिते । महिला ७३ केजि तौल माथि मनिता शाहीले स्वर्ण जितीन भने एपिएफकी शुष्मा गुरुङले रजत जितिन् ।

Success

Thank you for your time.