default_image

8 years ago

May 12, 2016

कराँतेका महासचिव सिवाकोटी ठगी आरोपमा पक्राउ

नेपाल कराँते महासंघका महासचिव केदारबाबु सिवाकोटीलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको छ। विगत छ हप्तादेखि प्रहरीको खोजीको सूचीमा रहेका सिवाकोटीलाई काठमाडौँ प्रहरी परिसरले पक्राउ गरेको हो। प्रहरीले सिवाकोटीलाई थप अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेर हिरासतमा राखेको छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी अन्तर्गतको नेपाल कराँते महासंघका बहालवाला महासचिव सिवाकोटी महाराजगञ्जबाट पक्राउ […]

44 views

0 Bookmark

नेपाल कराँते महासंघका महासचिव केदारबाबु सिवाकोटीलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको छ।

Kedarbabu-Siwakoti

विगत छ हप्तादेखि प्रहरीको खोजीको सूचीमा रहेका सिवाकोटीलाई काठमाडौँ प्रहरी परिसरले पक्राउ गरेको हो। प्रहरीले सिवाकोटीलाई थप अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेर हिरासतमा राखेको छ ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी अन्तर्गतको नेपाल कराँते महासंघका बहालवाला महासचिव सिवाकोटी महाराजगञ्जबाट पक्राउ परेका हुन् ।

सीवाकोटिले निजगढका प्रकाश श्रेष्ठलाई राष्ट्रिय अनुसन्धान बिभागको असई बनाइदिने प्रलोभन देखाउँदै साँढे सात लाख रुपैयाँ लिएर सम्पर्कबिहीन भएका थिए । पीडित श्रेष्ठको उजुरीको आधारमा पहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो ।

Success

Thank you for your time.