default_image

8 years ago

May 13, 2016

मल्लिका र पुनमलाई स्वर्ण

आनन्द नगर डोजोकी मल्लिका तामाङ्ग र न्यू लिराकी पुनम पौडेलले तेश्रो महान सिद्धार्थ उपत्यकाव्यापी खुला कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका छन् । नेपाल सितेरियो डो संघ महान सिद्धार्थ शाखा डोजोको आयोजनामा भएको महिला २० केजी तौल समूहको प्रतस्पिर्धामा तामाङ्गले जोरपाटी डोजोकी रुसा वाईवालाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । आनन्द नगरकी निमा शेर्पा […]

44 views

0 Bookmark

आनन्द नगर डोजोकी मल्लिका तामाङ्ग र न्यू लिराकी पुनम पौडेलले तेश्रो महान सिद्धार्थ उपत्यकाव्यापी खुला कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका छन् ।

Karate Valley

नेपाल सितेरियो डो संघ महान सिद्धार्थ शाखा डोजोको आयोजनामा भएको महिला २० केजी तौल समूहको प्रतस्पिर्धामा तामाङ्गले जोरपाटी डोजोकी रुसा वाईवालाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । आनन्द नगरकी निमा शेर्पा र स्वर्ण शिक्षाकी अस्मिता श्रेष्ठले कास्य पाए ।

चावहिल कुमारीगालस्थित महान सिद्धार्थ स्कुलको प्राङ्गगणमा भएको प्रतियोगिताको २५ केजी तौलमा न्यू लिराकी पुनम पौडेलले प्रथम स्थान हात पारिन् । दोश्रो स्थानमा गोजुरियोकी रविना रम्तेल तथा तेश्रो स्थानमा सुन्दरीजलकी मनिका तामाङ र सरस्वती नगरकी सुस्मिता वाईवा रहे । यस्तै ३० केजी तौलमा जोरपाटी डोजोकी मिङ्गमा तामाङ्गले स्वर्ण प्राप्त गर्दा सरस्वती डोजोकी समिता पुरीले रजत पाईन् । शंखडोलकी लाक्पा डोल्मा शेर्पा र डेमिसकी सोनु लामाले कास्य हात पारे । ३५ केजीमा जोरपाटी डोजोकी कोपिला लामिछानेले स्वर्ण पाईन् । उनले फाइनलमा शंख डोलकी अनिता तामाङ्गलाई पाखा लगाएकी थिईन् । गोजुरियोकी सन्जु वोगटी र सुन्दरीजलकी रिता तामाङ संयुक्त तेश्रो भए । ४० केजीमा न्यू लिराकी रोजिता ढुङ्गेललाई पाखा लगाउंदै आनन्द नगरकी कोपिला बुढाथोकीले प्रथम स्थान हात पारिन् । भक्तपुरकी सरिता तामाङ्ग र गोजुरियोकी अस्मिता लामाले कास्य पाए । ४५ केजीमा जोरपाटीकी अलिसा तामाङ्गले भक्तपुरकी करुण श्रेष्ठलाइ पन्छाउन सफल भईन् । तेश्रो स्थानमा सरस्वतीकी कृषला लामा र सुन्दरीजलकी डोमा तामाङ्ग रहे ।

पुरुषको २० केजीमा भक्तपुरका सुभाष परियारले स्वर्ण, शंखडोलका अनमोल राईले रजत तथा स्वर्ण शिक्षाकका राजन विक र न्यू लिराका सुशान्त हुमागाईले कास्य पाए । २५ केजीमा सरस्वतीका मिङ्गमा लामाले स्वर्ण, बुढानिलकन्ठका दिपेन राईले रजत तथा न्यू लिराका विनोद माग्रान्ती र सुमन तामाङ्गले कास्य पाए । ३५ केजीमा बढानिलकण्ठका सागर रुम्बाले सरस्वतीका श्रीकृष्ण श्रेष्ठलाई पाखा लगाउंदै स्वर्णमा नाम लेखाए । श्रृजनाका मिङ्गशाङ्ग लामा र भक्तपुर डोजोका एरिस शर्माले कास्य पाए । ४० केजीमा न्यू लिराका राजकुमार लामाले स्वर्ण प्राप्त गर्दा सरस्वतीका नविन रायले रजतमा चित्त बुझाए । गोठाटार डोजोका समिर बस्नेत र प्रमिश कार्कीले कास्य पदक पाए ।

दुई दिने प्रतियोगितामा उपत्यकाका २६ डोजोका ३६१ खेलाडीले महिला र पुरुष तर्फ २० देखि ५५ केजी तौल समूह र व्यक्तिगत काता गरि १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको व्यवस्थापिका संसदका सांसद माननिय गगन कुमार थापाले द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।

Success

Thank you for your time.