छैठों दक्षिण एशियाली वादोरियो कराते च्याम्पिनसिप २०१५ को ५०–५५ के.जी. तौल समूह तर्फ र काता तर्फ गरी दुई स्वर्ण पदक विजयी श्री निरज गौतमलाई आज निज अध्ययन गर्ने विद्यालय साई शिक्षा निकेतन हाईस्कूल ज्ञानेश्वरले विशेष कार्यक्रम बिच सम्मान गर्यो ।
यस कार्यक्रमका प्रमुख अतिथि दक्षिण एशियाली कादोरीयो कराते महासंघ अध्यक्ष तथा नेपाल कराते महासंघका महासचिव श्री हरि शरण के.सी. ले विजयी खेलाडी श्री नीरज गौतमलाई सम्मान पत्र लगाएत नगद पुरस्कारले सम्मान गर्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष श्रीमती प्रभा क्षेत्री र विद्यालयकी प्रिन्सिपल श्रीमती विमला बस्नेतले पनि निज खेलाडीलाई सम्मानसोरुप नेपालको प्रतिक ढाकाटोपी र गलबन्दी पहिरन गराई सम्मान गर्नु भएको थियो । विद्यालय व्यावस्थापन समितिको अध्यक्षले निज गौतम आफ्नो विद्यालयको विद्यार्थी भएको र निजले राष्ट्रको प्रतिनिधित्व गर्दै प्राप्त गरेको सुवर्ण पदकबाट सिंगो विद्यालय परिवार गौरववान्विक भएको कुरा आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । प्रमुख अतिथि श्री हरी शरण के.सी. ले आफ्नो संघ अन्तरगतको विजयी खेलाडीलाई विद्यालयले गरेको सम्मान कार्यक्रम प्रति नेपाल वादोरीयो संघका तर्फबाट धन्यवाद ज्ञापन गर्दै विद्यालयमा वादोरीयो कराते प्रशिक्षण गराउनका लागि आफूले सक्दो सहयोग गर्ने बचन बद्ता व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा विद्यालयका संम्पूर्ण शिक्षक कर्मचारी तथा विद्यार्थीहरुद्धारा पनि विजयी खेलाडीलाई अविरको टिका र उपहारद्धारा सम्मान गरीएको थियो ।