default_image

10 months ago

July 3, 2023

तेक्वान्दोमा चेल्सीक विद्यार्थीलाई पदक

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्याण्डमा भएको छैटौं हिरोज तेक्वान्दो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा चेल्सी वर्ल्ड स्कुलका ७ विद्यार्थीले पदक जितेका छन् । जुलाई १ र २ तारिखमा सम्पन्न प्रतियोगितामा २० राष्ट्रका १ सय ३७ टोलीको सहभागिता रहेको थियो । चेल्सीले अनुभव थापाको नेतृत्वमा टोली सामेल गराएको थियो । प्रखर केसी र साम्राज्ञी विष्टले स्वर्ण जित्दा अन्य खेलाडीले […]

321 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्याण्डमा भएको छैटौं हिरोज तेक्वान्दो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा चेल्सी वर्ल्ड स्कुलका ७ विद्यार्थीले पदक जितेका छन् ।

जुलाई १ र २ तारिखमा सम्पन्न प्रतियोगितामा २० राष्ट्रका १ सय ३७ टोलीको सहभागिता रहेको थियो । चेल्सीले अनुभव थापाको नेतृत्वमा टोली सामेल गराएको थियो ।

प्रखर केसी र साम्राज्ञी विष्टले स्वर्ण जित्दा अन्य खेलाडीले कास्य पदक जिते । आकृशा पाण्डे, अनुराग चौलागाईं, युने अवी खड्का, रिदिया गिरि र राम बहादुर खत्रीले कास्य प्राप्त गरे ।

Success

Thank you for your time.