default_image

7 years ago

May 26, 2017

मकाउमा हुने तेक्वान्दोमा नेपाली खेलाडी भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – मकाउमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन नेपाली तेक्वान्दो टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । शनिबार देखि सुरु हुने मकाउ तेक्वान्दो च्याम्पियनसिपमा ५ खेलाडी सहित ७ सदस्यीय टोलीले माग लिने छ । टोलीको प्रशिक्षकमा बब्लु शिवाकोटी र व्यवस्थापकमा फिरोज श्रेष्ठ छन् । खेलाडीतर्फ सिनियर पुरुष ४८ केजीमा निश्चल बस्नेत, ५१ […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मकाउमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन नेपाली तेक्वान्दो टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । शनिबार देखि सुरु हुने मकाउ तेक्वान्दो च्याम्पियनसिपमा ५ खेलाडी सहित ७ सदस्यीय टोलीले माग लिने छ ।

टोलीको प्रशिक्षकमा बब्लु शिवाकोटी र व्यवस्थापकमा फिरोज श्रेष्ठ छन् । खेलाडीतर्फ सिनियर पुरुष ४८ केजीमा निश्चल बस्नेत, ५१ केजीमा पारस भण्डारी, ५४ केजीमा विशाल गोले र ८४ केजीमा प्रदिप कडेँल तथा जुनियरको ५५ केजीमा सुरमुला बाबु मियाँको प्रतिस्पर्धा गर्नेछन् ।

शिवाकोटी सितापाइला तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक पनि हुन् । उनले च्याम्पियनसिपमा सिनियर पुम्सेमा प्रतिस्पर्धा गर्ने बताइएको छ । प्रतियोगितामा१५ राष्ट्रको सहभागीता रहने प्रशिक्षक सिवाकोटीले बताए । व्यवस्थापक श्रेष्ठले लामो समयदेखि तयारी गरेकाले नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

दशरथ रंगशालास्थित राष्ट्रिय तेक्वान्दो प्रशिक्षण केन्द्र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणा,केन्द्रीय सदस्य बद्री घिमिरे र सचिवालय सदस्य गोविन्द शर्मा लगायतले सात सदस्यीय टोलीको विदाई गरे । अध्यक्ष राणाले देशको प्रतिनिधित्व गर्ने भएकाले अनुशासित रुपमा उत्कृष्ट प्रर्दशन गर्दै देशका लागि पदक जितन् शुभकामना दिए ।

Success

Thank you for your time.