default_image

7 years ago

May 30, 2017

मकाउमा नेपाली तेक्वान्दोलाई एक स्वर्ण र पाँच रजत

काठमाडौं (हाम्रो खेलकुद) – मकाउ ओपन तेक्वान्दो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले एक स्वर्ण सहित पाँच रजत हात पारेको छ। बब्लु सिवाकोटीको प्रशिक्षणमा रहेको नेपालका लागि जुनियर फाइटतर्फ सर्मुला बाबु मियाँले स्वर्ण पदक दिलाए । उनले ५९ केजीमुनि तौल स्वर्ण हात पारेका हुन् । फाइटकै जुनियर पुरुषतर्फ ४८ केजीमा निश्चल बस्नेत तथा सिनियरतर्फ  ५१ केजीमा पारस […]

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मकाउ ओपन तेक्वान्दो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले एक स्वर्ण सहित पाँच रजत हात पारेको छ।

बब्लु सिवाकोटीको प्रशिक्षणमा रहेको नेपालका लागि जुनियर फाइटतर्फ सर्मुला बाबु मियाँले स्वर्ण पदक दिलाए । उनले ५९ केजीमुनि तौल स्वर्ण हात पारेका हुन् । फाइटकै जुनियर पुरुषतर्फ ४८ केजीमा निश्चल बस्नेत तथा सिनियरतर्फ  ५१ केजीमा पारस भण्डारी, ५५ केजीमा विशाल गोले र  ८४ केजीमा प्रदिप कडेँलले फाइनलमा हार बेहोरेपछि रजत पदकमै चित्त बुझाए ।

त्यस्तै नेपाली टोलीका प्रशिक्षक समेत रहेका बब्लु सिवाकोटीले पनि फाइटमै फाइनलको यात्रा तय गरेपनि स्वर्ण जित्न सकेनन् । सिवाकोटीले सिनियर पुरुषको ७४ केजी तौलसमुहमा स्वर्ण जिते । मकाउ ओपन तेक्वान्दो च्याम्पियनसिप २०१७ मा नेपालका ५ पुरुष खेलाडी, १ प्रशिक्षक र व्यवस्थापको नेतृत्वमा नेपाली टोलीको सहभागिता रहेको थियो ।  प्रतियोगितामा कुल १५ राष्ट्रको सहभागिता रहेको थियो ।

Success

Thank you for your time.