default_image

7 years ago

July 21, 2017

फ्रेन्ड्सिप तेक्वान्दो यसपटक इटहरीमा हुने

काठमाडौं (हाम्रो खेलकुद)– छ महिनापछि अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटीसी) नेपालमा आयोजना हुने भएको छ । च्याम्पियनसिपको १२ औँ संस्करण पूर्वाञ्चलको इटहरीमा सन् २०१८ को जनवरी १ देखि २ तारिखसम्म हुने आयोजक आईओएफटीसीका प्रतियोगिता निर्देशक दिवाकर महर्जनले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिए । फ्रेन्डसिप तेक्वान्दो नेपालमा आयोजना हुन लागेको यो चौथो पटक हो । […]

35 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– छ महिनापछि अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटीसी) नेपालमा आयोजना हुने भएको छ । च्याम्पियनसिपको १२ औँ संस्करण पूर्वाञ्चलको इटहरीमा सन् २०१८ को जनवरी १ देखि २ तारिखसम्म हुने आयोजक आईओएफटीसीका प्रतियोगिता निर्देशक दिवाकर महर्जनले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिए ।

फ्रेन्डसिप तेक्वान्दो नेपालमा आयोजना हुन लागेको यो चौथो पटक हो । नेपालबाहेक प्रतियोगिता अहिले सम्म अमेरिकामा पाँच पटक, बेलायत र हङकङमा समान एक पटक आयोजना भएको थियो । हरेक दुई बर्षमा आयोजना हुने प्रतियोगिताको पछिल्लो संस्करणमा अमेरिकाको पोर्टल्यान्डमा भएको थियो ।

इटहरीमा हुने च्याम्पियनसिपमा नेपाललसहित अमेरिकाका क्यानाडा, इङ्ल्यान्ड, मेक्सिको, मकाउ, हङकङ, जापान, दक्षिण कोरिया, ग्वाटेमाला, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकाका ५ खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगितामा स्पाइरिङ र पुम्सेमा प्रतिस्पर्धा गराइनेछ । महिला र पुरुषमा समान आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछन् ।

प्रोत्साहनका लागि जुनियर खेलाडीको प्रतिस्पर्धा गराइने सम्भावना रहेको महर्जनले बताए ।यसपटक प्रतियोगितामा खुल्ला सहभागिता रहने महर्जनले जानकारी दिए । उनले यो प्रतियोगितामा धेरै देशको सहभागिता रहने हुनाले खेलाडीहरुले एकअर्का देशको संस्वृmतिबारे पनि ज्ञान प्राप्त गर्ने बताए ।

प्रतियोगितामा १ करोड ७ लाख रुपैयाँ खर्च हुन अनुमान गरिएको छ । प्रतियोगिताका लागि सरकारले ३० लाख रुपियाँ सहयोग दिने युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव अणप्रसाद न्यौपानेले जानकारी दिए । प्रतियोगिताका पुरुष÷महिला विजेता खेलाडीलाई जनही ५० हजार तथा उत्कृष्ट पुरुष/महिला प्रशिक्षकलाई पनि जनही २५ हजार रुपैयाँबाट पुरस्कृत गरिने बताइएको छ ।

Success

Thank you for your time.