default_image

7 years ago

October 15, 2017

पारा तेक्वान्दो टोली बेलायततर्फ

काठमाडौं (हाम्रो खेलकुद) – बेलायतमा आयोजना हुने सातौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । बिहीबारदेखि सुरु हुने च्याम्पियनसिपमा ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोलीको सहभागिता रहनेछ । कल्याण कुँवरको प्रशिक्षणमा रहेको नेपाली खेलाडीमा रोहितहाङ राई, राम अधिकारी, पलेसा गोवद्र्धन र रञ्जना धामी छन् । टोली ३ महिनादेखि […]

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बेलायतमा आयोजना हुने सातौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । बिहीबारदेखि सुरु हुने च्याम्पियनसिपमा ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोलीको सहभागिता रहनेछ ।

कल्याण कुँवरको प्रशिक्षणमा रहेको नेपाली खेलाडीमा रोहितहाङ राई, राम अधिकारी, पलेसा गोवद्र्धन र रञ्जना धामी छन् । टोली ३ महिनादेखि विषेश प्रशिक्षणमा रहेको थियो । च्याम्पियनसिपमा खेलाडीबाट उत्कृष्ट प्रदर्शनको आशा राखेको प्रशिक्षक कुँवरले बताए ।

कुँवरले भने ‘ हामीसँग यसअघि पनि अन्तर्राष्ट्रिय पदक जितिसकेको अनुभवी खेलाडी रञ्जना धामी रहेको छ । सबैबाट खेलाडीबाट राम्रो प्रदर्शनको आशा राखेका छौँ । विश्व उत्कृष्ट खेलाडी आउनेछन् । त्यसैले पदक जित्ने बाटो त्यति सहज भने छैन । यद्यपि,हामी उत्कृष्ट प्रदर्शन गर्नेछौँ ।’

च्याम्पियनसिपमा रोहितले के–४२ अन्तर्गत ७५ केजी र राम अधिकारीले के–४२ कै ७० केजी तोल समूहमा प्रतिस्पर्धा गर्ने छन् । महिला खेलाडी पलेसाले के–४४ को ५८ र रञ्जनाले के–४४ कै ४९ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । टोली नेतामा नेपाल तेक्वान्दो संघका कोषाध्यक्ष कासिममियाँ धोवी र टिम व्यवस्थापकमा राजेन्द्र उप्रेती छन् ।

Success

Thank you for your time.