default_image

6 years ago

November 29, 2017

स्वर्ण विजेता यानसहित तेक्वान्दो टोली स्वदेश फिर्ता

 काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा भएको टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक विजेता यानकुमारी चौलागाईं सहितको नेपाली तेक्वान्दो टोली स्वदेश फर्किएको छ । यानसहित ज्ञानी चुनरा र रेजिना कार्की बुधबार स्वदेश फर्किएका हुन् । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य हेमन्त डाँगी, पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवर र नेपाल आर्मीका तेक्वान्दो खेलाडी […]

38 views

0 Bookmark

 काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा भएको टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक विजेता यानकुमारी चौलागाईं सहितको नेपाली तेक्वान्दो टोली स्वदेश फर्किएको छ । यानसहित ज्ञानी चुनरा र रेजिना कार्की बुधबार स्वदेश फर्किएका हुन् ।

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य हेमन्त डाँगी, पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवर र नेपाल आर्मीका तेक्वान्दो खेलाडी लगायतले स्वागत गरे ।

क्यानडाको टोरन्टोमा भएको प्रतियोगिताको महिला ५७ केजीमुनि तौलसमूहको फाइनलमा यानले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्ण जितेकी थिइन् । अन्य २ राष्ट्रिय खेलाडी ज्ञानी चुनरा र रेजिना कार्की भने पदकविहिन बने । महिला ४९ केजीमुनि रेजिना र ६२ केजीमुनि ज्ञानीले प्रतिस्पार्धा गरेका थिए ।

Success

Thank you for your time.