default_image

6 years ago

December 14, 2017

कोरियन एम्बेस्डर तेक्वान्दो च्याम्पियनसिप सुरु

काठमाडौं (हाम्रो खेलकुद) – आठौँ कोरियन एम्बेस्डर तेक्वान्दो च्याम्पियनसिप बिहीबारदेखि सुरु भएको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको नवनिर्मित भवनमा बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले च्याम्पियनसिपको उद्घाटन गरे । नेपालका लागि दक्षिण कोरायाली राजदुत पार्क योङ सिक, कोरियाका लागि नेपाली राजदुत अर्जुनबहादुर सिंह, नेपालका लागि इजिप्टका राजदुत इमान मुस्ताफा र नेपाल […]

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आठौँ कोरियन एम्बेस्डर तेक्वान्दो च्याम्पियनसिप बिहीबारदेखि सुरु भएको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको नवनिर्मित भवनमा बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले च्याम्पियनसिपको उद्घाटन गरे ।

नेपालका लागि दक्षिण कोरायाली राजदुत पार्क योङ सिक, कोरियाका लागि नेपाली राजदुत अर्जुनबहादुर सिंह, नेपालका लागि इजिप्टका राजदुत इमान मुस्ताफा र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास शेम्शेर राणा लगायतको उपस्थिती रहेको थियो ।

नेपाल तेक्वान्दो संघ र नेपालका लागि दक्षिण कोरियाको दुतावासको संयुक्त आयोजनामा भएको च्याम्पियनसिप बिहीबार भव्य समारोहका बीच उद्घाटन गरिएको थियो । तेक्वान्दो प्रदर्शन र नृत्यका साथ च्याम्पियनसिपको औपचारिक शुभारम्भ गरिएको थियो । च्याम्पियनसिपका खेलहरु भने शुक्रबारदेखि सुरु हुने प्रतियोगिता संयोजक नविनकुमार श्रेष्ठले जानकारी दिए ।

राखेप सदस्यसचिव विष्टले तेक्वान्दो हलमा सागका खेल हुने भएकाले सो स्थानलाई व्यवस्थित रुपमा अगाडि बढाइने बताए । नेपालका लागि कोरियाली राजदुत पार्क योङले नेपालमा तेक्वान्दो खेलको निकै राम्रो विकास भएकोमा प्रसंशा गरे । राजदुत योङ तेक्वान्दो खेल विकासका लागि आफूले थप सहयोग गर्ने प्रविद्धता व्यक्त गरे ।

च्याम्पियनसिपमा फाइटतर्फ़ सिनियर पुरुष र महिलाका समान ८ तौल समूह तथा जुनियरमा महिला र पुरुषको समान ८ गरी कुल ३२ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक समितिका सचिव कुमार लामा घिसिङले जानकारी दिए । पुम्सेमा व्यक्तिगत क्याडेटततर्फ़ (१४ वर्षमुनि) पुरुष र महिलाका २ स्वर्ण, जुनियर पुम्से (१५–१७ वर्ष) मा महिला र पुरुष २ स्वर्ण, पेयर पुम्से तथा सोही उमेरसमूहको महिला टिम र पुरुष टिम पुम्से हुने छन् ।

सिनियर (१८ देखि २९ वर्ष) को व्यक्तिगत महिला र पुरुष पुम्से, पेयर पुम्से तथा महिला टिम र पुरुष टिम पुम्से गरी ७ स्वर्णका लागि खेल हुनेछन् । ३० वर्षदेखि माथिको व्यक्तिगत पुम्सेतर्फ महिला र पुरुष, पेयर पुम्से, महिला टिम र पुरुष टिम पुम्सेमा प्रतिस्पर्धा हुने संघले जनाएको छ । फाइटततर्फ़ १७ स्वर्ण र पुम्सेमा ३२ स्वर्ण गरी कुल ४९ स्वर्णका लागि १४ सय खेलाडीले प्रतिस्पर्धा हुनेछ ।

Success

Thank you for your time.