default_image

6 years ago

December 15, 2017

कोरियन एम्बासडर तेक्वान्दोमा कमल र पार्वतीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी क्लब कमल श्रेष्ठ र पार्वती गुरुङले आठौं कोरियन एम्बासडर राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । सिनियर एकल पुम्सेको २९ वर्षमुनि पुरुषमा कमलले जितबहादुर भोटे र महिलामा पार्वतीले नितालाई हराए । पराजित दुवै पुलिसकै खेलाडी हुन् । नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको ३० वर्षमाथि सिनियर पुरुष एकल पुम्सेमा […]

50 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी क्लब कमल श्रेष्ठ र पार्वती गुरुङले आठौं कोरियन एम्बासडर राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । सिनियर एकल पुम्सेको २९ वर्षमुनि पुरुषमा कमलले जितबहादुर भोटे र महिलामा पार्वतीले नितालाई हराए । पराजित दुवै पुलिसकै खेलाडी हुन् ।


नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको ३० वर्षमाथि सिनियर पुरुष एकल पुम्सेमा त्रिभुवन आर्मीका रेजिन रिमाल विजयी भए । उनले पुलिसकै जग्दीशसिंह पालीलाई हराए । सोही उमेर समूहमा महिलामा पोखराकी रेकमाया गुरुङ पहिलो भइन् । उनले आर्मीकी मिरा काफ्लेलाई हराइन् ।

जुनियर पेयर पुम्सेका पुरुषमा स्युचाटारका अस्मिन राउत र विनिता तामाङले स्वर्ण पदक जिते । अस्मिनले जेसिजका नवीन श्रेष्ठ र विनिताले मोनिका मगरलाई हराए । सोही स्पर्धाको सिनियर पुरुषमा प्रहरीका कमल श्रेष्ठ र पार्वती गुरुङले स्वर्ण जिते । आर्मीकी सन्जिव ओझा र निता गुरुङले रजत पदक जिते ।

टिम पुम्सेको पुरुषमा प्रहरीका प्रेमबहादुर लिम्बू, कमल श्रेष्ठ र जितबहादुर भोटे सम्मिलित टोलीले स्वर्ण जित्यो । त्यस्तै महिलामा पुलिसकै मिरा राना मगर, निर्मला विक र पार्वती गुरुङको टोलीले स्वर्ण पदक जित्यो ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा भइरहेको प्रतियोगिताको १४ वर्षमुनि पुरुष एकल पुम्सेमा ललितपुरका युकिन चौधरी पहिलो र कोटेश्वरका सोहन श्रेष्ठ दोश्रो भए । त्यसै स्पर्धाको महिलामा आर्मीकी रिता श्रेष्ठ पहिलो र स्युचाटारकी मोनिका रम्तेल दोश्रो बने ।

पुरुष एकल पुम्सेका १७ वर्षमुनि जेसिजका नवीन श्रेष्ठ र स्युचाटारका अस्मिन राउत क्रमशः पहिलो र दोश्रो भए । उक्त स्पर्धाको महिलामा स्युचाटारकी नोमिता मोक्तानले स्वर्ण तथा आर्मीकी रोशनी श्रेष्ठले रजत हात पारे । जुनियर पुरुष ४२ केजी तौलसमूहमा कोटेश्वरका श्रीकृष्ण कार्की र सीतापाइलाका बिधान श्रेष्ठ फाइनलमा पुगेका छन् ।

 

Success

Thank you for your time.