default_image

6 years ago

January 3, 2018

मैत्री टिमलाई तेक्वान्दो च्याम्पियनसिप

काठमाडौं (हाम्रो खेलकुद) – १२ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपमा नेपाल मैत्री तेक्वान्दो दोजाङ च्याम्पियन बनेको छ । मैत्रीले कुल ११ स्वर्ण, ८ रजत र ११ कांस्य पदक हात पार्दै टिम च्याम्पियनसिपलाई आफ्नो पारेको हो । त्यस्तै नेपाल आर्मी १० स्वर्ण, ६ रजत र १२ कांस्यसहित दोस्रो स्थानमा रह्यो भने नेपाल एपिएफ ८ स्वर्ण, […]

62 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १२ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपमा नेपाल मैत्री तेक्वान्दो दोजाङ च्याम्पियन बनेको छ ।


मैत्रीले कुल ११ स्वर्ण, ८ रजत र ११ कांस्य पदक हात पार्दै टिम च्याम्पियनसिपलाई आफ्नो पारेको हो । त्यस्तै नेपाल आर्मी १० स्वर्ण, ६ रजत र १२ कांस्यसहित दोस्रो स्थानमा रह्यो भने नेपाल एपिएफ ८ स्वर्ण, ५ रजत र ३ कांस्यसहित तेस्रो भयो । इटहरी रंगशालाको कभर्डहलमा खेलिएको प्रतियोगोतामा विदेशी टिम मध्ये अमेरिका ४ स्वर्ण, ३ रजत र १ कांस्यसहित पहिलो भयो । त्यस्तै ४ स्वर्ण, २ रजत र ३ कांस्यका साथ बंगलादेश दोस्रो र युके १ स्वर्ण र ३ रजतका साथ तेस्रो भए ।

राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा आयोजित प्रतियोगितामा ग्योरोगी पुरुषतर्फ भारतका अभिषेक यादव र महिलातर्फ नेपालकी दक्षिणा ठकुरी उत्कृष्ट खेलाडि घोषित हुँदै जनही ५० हजार प्राप्त गरे । पुम्सेतर्फ भारतका देदाशिष दास र सीना मादेन उत्कृष्ट हुँदै समान २५ हजार नगद पुरस्कार प्राप्त गरे । पुरुषतर्फ भारतका सौरभ सिंह र महिलातर्फ नेपालकी विकेश विडारी उत्कृष्ट घोषित हुँदै जनही २५ हजार प्राप्त गरे ।त्यस्तै सुन्दरमणि पटेल, विमला भण्डारी, रेशमकुमार पुन र विद्या राई आ-आफ्नो विधामा उत्कृष्ट निर्णायक चुनिँदै ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

यसैगरी नेप्लिज तेक्वान्दो एकेडेमी उत्कृष्ट टिम घोषित भएको हो । एनटिएले ५ स्वर्ण, १५ रजत र २० कांस्य जित्न सफल भएको थियो । सम्पूर्ण विजेताहरुलाई राखेपका सदस्य-सचिव केशवकुमार विष्टलगायतलेसम्मान गरे । दुई दिन खेलिएको सो प्रतियोगितामा १२ राष्ट्रका ७ सय २१ खेलाडिले प्रतिस्पर्धा गरेका थिए ।

Success

Thank you for your time.