default_image

6 years ago

March 11, 2018

इसिडिसी तेक्वान्दो च्याम्पियन

89 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अर्ली चाइल्ड डेभलपमेन्ट सेन्टर (इसिडिसी) प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको च्याम्पियन बनको छ ।

न्यू जावलाखेल तेक्वान्दो डोजाङदद्वारा आयोजित प्रथम उपत्यकाव्यापी प्रतियोगितामा सहभागी १५ टिमलाई पछि पार्दै इसिडिसी च्याम्पियन बन्न सफल भएको हो । ललितपुर, भक्तपुर र काठमाडौंका १५ टिमका २०० जना खेलाडीबीच सम्पन्न भएको प्रतियोगितामा इसिडिसीले ४ स्वर्ण १ रजतसहित टिम च्याम्पियन बन्न सफल भएको हो ।

३ स्वर्ण, २ रजत र १ कास्यसहित आयोजक न्यु जावलाखेल तेक्वान्दो डोजाङले दोस्रो स्थान हात पार्‍यो । २ स्वर्ण र १ रजतसहित गोदावरी फिटनेस ऐकेडेमी तेस्रो भयो । गोदावरी फिटनेसका आशिष थापा पुरुषतर्फ उत्कृष्ट र न्यु जावलाखेलकी सोनी लामा उत्कृष्ट महिला खेलाडी घोषित भइन् ।

सोही अवसरमा डोजाङले १२औं अन्तर्राष्टिय खुल्ला फ्रेण्डसिप मैत्री तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल खेलाडी र क्यानाडामा भएको टोरोन्टो ओपन तेक्वान्दो प्रतियोगितामा स्वर्ण जित्न सफल राष्ट्रिय खेलाडी यान कुमारी चौलागाँइलाई सम्मान गरेको थियो ।

विजयी टिम तथा खेलाडीहरुलाई ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ललितपुर जिल्ला तेक्वान्दो कार्यसमितिको अध्यक्ष मणिराज विष्ट लगायतले पुरस्कृत गरिन् ।

Success

Thank you for your time.