default_image

10 months ago

July 5, 2023

राष्ट्रिय अन्तर क्वान उसु सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उसु महासंघको आयोजनामा तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा बुधबारदेखि सुरु भएको छ । प्रतियोगिताको पूर्व संघीय मन्त्री विना मगरले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा विभिन्न ३४ क्वानका १ सय २० पुरुष तथा ८० महिला गरी २ सय खेलाडीको सहभागिता […]

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उसु महासंघको आयोजनामा तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा बुधबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको पूर्व संघीय मन्त्री विना मगरले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा विभिन्न ३४ क्वानका १ सय २० पुरुष तथा ८० महिला गरी २ सय खेलाडीको सहभागिता रहेको छ । थाउलो र सान्सौंमा समान १०–१० गरी जम्मा २० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

उद्घाटनका अवसरमा मित्रराष्ट्र चीनको होङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, चीन दूतावासका डेपुटी चिफ कन्सुलर वाङ सिन, राखेपका सदस्य एवं आयोजक उसु महासंघका अध्यक्ष जनकप्रसाद बर्तौला, राखेपका सदस्य अन्जन धमला, प्रकाशकुमार कुसारी र पेमा डोल्मा लामा, नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायतले उपस्थिति रहेको थियो । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

Success

Thank you for your time.