default_image

8 years ago

November 15, 2015

प्रचन्ड र प्रनिललाई बक्सिङ्ग र उशुको मुख्य प्रशिक्षकको जिम्मेवारी

राष्ट्रिय खेलकुद परिषदले बक्सिङ्गको मुख्य प्रशिक्षकमा प्रचन्ड शर्मा र उसुको मुख्य प्रशिक्षकमा प्रनिलध्वज कार्कीलाई नियुक्त गरेको छ । नायब बरिष्ठ प्रशिक्षक शर्मा र कार्कीलाई २०७२ कार्तिक १८ गतेको राखेप सदस्य सचिवस्तरिय निर्णय अनुसार सोही मिति देखि लागु हुने गरि तालिम तथा प्रशिक्षण विभागमा पदस्थापन सहित मुख्य प्रशिक्षको जिम्मेवारी प्रदान गरेको तालिम तथा प्रशिक्षण विभागका निर्देशक […]

70 views

0 Bookmark

राष्ट्रिय खेलकुद परिषदले बक्सिङ्गको मुख्य प्रशिक्षकमा प्रचन्ड शर्मा र उसुको मुख्य प्रशिक्षकमा प्रनिलध्वज कार्कीलाई नियुक्त गरेको छ ।

Prachanda-tile

नायब बरिष्ठ प्रशिक्षक शर्मा र कार्कीलाई २०७२ कार्तिक १८ गतेको राखेप सदस्य सचिवस्तरिय निर्णय अनुसार सोही मिति देखि लागु हुने गरि तालिम तथा प्रशिक्षण विभागमा पदस्थापन सहित मुख्य प्रशिक्षको जिम्मेवारी प्रदान गरेको तालिम तथा प्रशिक्षण विभागका निर्देशक नविन उप्रेतीद्वारा हस्ताक्षरित पत्रमा जनाईएको छ ।

२०६१ साल देखि प्रमुख प्रशिक्षकमा रहेका प्रचन्ड शर्मालाई २०६९ सालमा प्रमुख प्रशिक्षकको जिम्मेवारी बाट हटाईएको थियो । त्यस दौरान शर्माको नेतृत्वमा ग्वाङ्गजाउमा भएको १६ औं एशियाली खेलकुद प्रतियोगितामा नेपालले पाएको एक मात्र कास्य पदक बक्सिङ्गले प्राप्त गर्न सफल भएको थियो । यसका साथै उनको नेतृत्वमा थाईल्याण्डमा आयोजना भएको किङ्गस कप प्रतियोगितामा नेपालले पहिलो पटक पदक प्राप्त गर्न सफल भएको थियो ।

सन् १९८९ – ९० मा पटियालाबाट एनआईएस कोर्षको डिप्लोमा गरको शर्मा अन्तर्राष्ट्रि्रय बक्सिङ्ग महासंघबाट प्रदान गरिएको आईवा थ्रि स्टार प्रशिक्षक परिक्षा उत्तीर्ण प्रशिक्षक समेत हुन् । थ्रि स्टार प्रशिक्षकको परिक्षा उत्तीर्ण नभई अन्तर्राष्ट्रिय बक्सिङ्ग प्रतियोगितामा प्रशिक्षकको हैसियतले एरिनामा प्रवेश गर्न नपाईने अन्तराष्ट्रिय बक्सिङ्ग महासंघको नियम रहेको छ ।

उनले आफ्नो खेलाडी जीवनमा १९८६ मा काठमाण्डौमा भएको तेश्रो आमन्त्रण अन्तराष्ट्रिय प्रतियोगितामा कास्य पदक प्राप्त गरको शर्माले १९८७ मा इन्डोनेशियामा भएको जाकार्ता एनिभर्सरी कपमा सहभागिता जनाएका थिए । यस्तै १०८८ मा इन्डानेशियामा भएको प्रेसिडेन्ट कपमा सहभागिता जनाएका शर्माले १९८९ मा कास्य र काठमाण्डौमा भएको चौथौं आमन्त्रण अन्तराष्ट्रिय प्रतियोगितामा रजत पदक प्राप्त गर्न सफल भएका थिए । शर्मा यस अघि काठमाण्डौ जिल्ला खेलकुद विकास समितिमा कार्यरत थिए ।

यस्तै एशियन उसु प्राविधिक कमिटिका सदस्य एवं दक्षिण एशियाली उसुका निर्देशक प्रनिलध्वज कार्की नेपालमा उसु खेलको संस्थापक मध्ये एक हुन् । चिनमा उसु प्रशिक्षण प्राप्त कार्की दक्षिण एशियाली उसुमा सम्मानित ब्यक्तित्वमा पर्दछन् । लामो समय प्रमुख प्रशिक्षक रहेको कार्कीलाई युवराज लामा सदस्य सचिव भएका बेला प्रमुख प्रशिक्षकको जिम्मेवारीबाट हटाईएको थियो ।

Success

Thank you for your time.