4 years ago
November 16, 2021
काठमाडौ (हाम्रो खेलकुद) – एपिएफका पुरन राई र नेपाल आर्मी ‘बी’ का बाबुराम मगर प्रकाश दाहाल स्मृति दोश्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५७ केजीको क्वाटरफाइनलमा पुगेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको कराते हलमा जारी प्रतियोगितामा मंगलबार पुरनले कास्कीका सरोज विक र बाबुरामले सल्यानका गोविन्द बठा मगरलाई हराउँदै अन्तिम आठको यात्रा तय गरेका थिए ।
सोही तौल समूहमा नेपाल प्रहरीका शम्भु राजवंशीले कैलालीका निर्मल सुवेदी (वाकओभर), एचटुओका बुद्ध ग्याल्मो लामाले ललितपुरका रोशन अछामी, कञ्चनपुरका रन्जन भट्टले रामेछापका टल छन्त्याल, भाइबका तिलवीर पुन मगरले बाँकेका नितेश नेपाली (वाक ओभर), बक्समान्डुका सुरज महर्जनले नक्सालका भक्तबहादुर किन्जरिङ तथा आर्मीका पुरन सुनारले बोसीगाउँका शुलभ मालाकारलाई हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा जारी प्रतियोगिताको पुरुष ६० केजीमा नक्सालका विजय थापाले आरडीएसका मार्सल गुरुङ, बीएनकेका इन्द्रबहादुर सुनारले पाटनका सन्तोष राई, आर्मीका विमल रोक्काले अल्फाका निराजन चौधरी, दाङका अनिल पुन मगरले बीटीएफसीका मौसम राना मगर तथा कास्कीका सौगात कुमालले ललितपुरका निसान दासलाई हराउँदै क्वाटरफाइनल यात्रा तय गरे ।
पुरुष ५४ केजीमा अल्फाका रेमोन पुन मगरले सुर्खेतका प्रकाश तरुङ मगरबाट वाक ओभर पाएर क्वाटरफाइनलमा स्थान पक्का गरे । महिला ४८ केजीमा नक्सालकी सुष्मा तामाङले बाँकेकी माया खत्री तथा आरडीएसकी रमिशा श्रेष्ठले आर्मीकी आरती बम्जनलाई निराश पार्दै क्वाटरफाइनल पुगेकी छन् ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]