4 years ago
February 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले जोर्डनमा आयोजना हुने एएसबिसी युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा भाग लिने भएका छन् । त्यसका लागि ३ खेलाडीसहित ४ सदस्यीय बक्सिङ टोली आइतबार जोर्डनको अम्मान प्रस्थान गरेका छन् ।

फागुन १६ देखि चैत १ गतेसम्म हुने प्रतियोगिताको युथतर्फ पुरुष ५४ केजीमा छिरिङ वाङ्दी तथा ६० केजीमा इन्द्रबहादुर सुनारले प्रतिस्पर्धा गर्नेछन् । जुनियर महिलाको ५२ केजीमा स्वस्तिका तिरुवाले खेल्नेछिन् । गत संस्करणको जुनियरमा छिरिङ र स्वस्तिकाले कांस्य पदक जितेका थिए ।
टोलीको प्रशिक्षकमा दीपक महर्जन छन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले टोलीलाई आइतबार नै विदाई गरे ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]