default_image

4 years ago

April 19, 2022

ओलम्पियन विष्ट सद्भावना दुत नियुक्त

205 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन तथा कीर्तिमानी पदक विजेता दीपक विष्ट र कलाकार निखिल उप्रेती चरे संरक्षण तथा पयर्टन प्रबद्र्धनको सद्भावना दुत नियुक्त भएका छन् ।

बाराको निजगढमा मंगलबार भएको चुरे संरक्षण तथा पर्यटन प्रबर्द्धन फाउन्डेसन नेपालको प्रथम राष्ट्रिय सम्मेलनमा विष्ट र उप्रेतीलाई सद्भावना दुत नियुक्त गरिएको हो । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उनीहरुलाई नियुक्ती पत्र प्रदान गरेका थिए ।

सुदूरपश्चिम प्रदेशका स्थायी बासिन्दा विष्टले सद्भावना दुत नियुक्त गरेकोमा आयोजक र मधेशका मुख्यन्त्रीलाई धन्यवाद दिदै भनेका छन्, ‘आफ्नो जिम्मेवारी पूर्णरुपले निर्वाह गर्ने प्रतिबद्धता गर्दछु ।’ दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोका चार स्वर्ण पदक विजेता तथा एसियाली खेलकुदका दोहोरो कास्य पदक विजेता विष्ट नेपाल ओलम्पियन्स संघका अध्यक्ष पनि हुन् ।

निजगढ नगरपालिका प्रवर्धकनात्मक सहयोगी रहेको चरे संरक्षण तथा पर्यटन प्रबद्र्धन फाउन्डेसन नेपाल अभियानका प्रस्तावक तथा संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य सचिव युवराज लामा रहेका छन् ।

December 19, 2025

एनओसीबाट १४ खेलाडीलाई छात्रवृत्ति प्रदान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एल‌ए ओलम्पिक‌का लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एल‌ए ओलम्पिक‌सम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]

December 18, 2025

ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी

काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

Success

Thank you for your time.