4 hours ago
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ।
ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो।
दोलखा जिल्ला संघ ५ जित र २ खेलमा बराबरी नतिजा निकाल्दै १२ अंक १९.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो भयो।
ललितपुरको महालक्ष्मी नगरपालिका ४ जित, २ बराबर र १ खेलमा हार ब्यहोर्दै १० अंकका साथ तेस्रो भयो ।
ललितपुर महानगरपालिका ४ जित, १ बराबर र २ हारसहित ९ अंक प्रोग्रेसिभ १७ प्वाइन्टका आधारमा चौथो बन्यो।
गत संस्करणको विजेता थापाथली चेस पार्कले समान जित हात परिणाममा ९ अंक जोडेर १६.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा पाँचौं स्थानमा रहे।
बुटवल उपमहानगरपालिका छैटौं र मध्यपुर ठिमी नगर चेस संघ सातौँ भयो। व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्नेमा महालक्ष्मी नगरपालिका क्षितिज भण्डारी, सुरोज महर्जन र कमल श्रेष्ठ तथा दोलखा चेस होम्सका पुरुषोत्तम चौलागाईं र मध्यपुर ठिमीका अभिक शाह रहे।
विजेता टोलीले २ लाख, दोस्रोले १ लाख, तेस्रोले ६० हजार र चौथो टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्यो ।
व्यक्तिगततर्फ उत्कृष्ट ५ खेलाडीले जनही नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विजेता टोलीका खेलाडीलाई पुरस्कृत गरिन् ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]