3 years ago
July 12, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बुद्धिचाल संघको अध्यक्षमा विदुरप्रसाद गौतम निर्विरोध निर्वाचित भएका छन् । संघको सोमबार भएको सधारण सभाले अधिकांश पद निर्विरोध र केहि पद निर्वाचनमार्फत चयन गरेको छ।
राजेन्द्र प्रसाद रिजाल वरिष्ठ उपाध्यक्षमा निर्विरोध चयन हुँदा ३ उपाध्यक्षका लागि निर्वाचन भएको थियो । जसमा धनबहादुर बोगटी, सुबोधराज शेर्पाली र नाराण दास गमाल विर्नाचिन भएमा छन् । बोगटीले ५९, शेर्पालीले ५५ र गमालले ५२ मत प्राप्त गरेका थिए । उपाध्यक्षका उम्मेदवार माधवप्रसद प्रधानले १७ र ओमप्रसाद उपाध्यक्षले ९ मत प्राप्त गरेका छन् ।
महासचिवमा धरमबहादुर लामा, ३ सचिवमा मोलालिसा खम्बु, भुपेन्द्र निरौला र उमेश केसी, कोषध्यक्षमा ज्ञानेन्द्र महर्जन, सह कोषध्यक्षमा यज्ञप्रसाद पन्त निर्विरोध निर्वाचित भएका छन् । सात प्रदेशबाट एक एकजना र महिला सदस्य निर्विरोध सदस्य निर्वाचित हुँदा खुला ३ सदस्यका लागि भने निर्वाचन भएको थियो ।
७ जनाबीचको प्रतिस्पर्धामा कृष्णप्रसाद सिग्देल ४३, प्रविणबहादुर भडेल ३४ र रामकिशोर सिंह ३२ मतका साथ विजयी भएका छन् । अन्य उम्मेदवार याइसास यासिर खम्बुले २६, राजीवन कार्कीले २३, विकास कार्कीले २१, मनोज घिमिरेले १७ मत प्राप्त गरेका छन् ।
त्यस्तै प्रदेश १ बाट दीपेन राई, मधेश प्रदेशबाट सुरेन्द्रकुमार शाह, बागमतीबाट निरन्जन प्रजापति, गण्डकीबाट महेश्वर अधिकारी, लुम्बिनीबाट चन्द्रमणी गैरे, कर्णालीबाट शक्तिराम बढुा, सुदूरपश्चिमबाट गोपाल श्रेष्ठ र महिला सदस्यमा पार्वती श्रेष्ठ निर्विरोध चयन भए । सधारण सभामा १ सय १३ जनाको सहभागिता रहेको थियो भने मतदानमा ७८ जनाले भाग लिएको संघले जनाएको छ ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]