3 years ago
July 12, 2022
काठमाडौं (हाम्रो खेलकुद)– निर्वाचित भएको भोली पल्ट नै नेपाल बुद्धिचाल संघको नयाँ कार्यसमितिले कार्ययोजना सार्वजनिक गरेको छ । विदुरप्रसाद गौतमको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति सोमबार चयन भएको थियो ।
बुद्धिचाललाई ग्रासरुट सम्म योजना अघि सारेको संघले क्यालेण्डर बनाएर सबै खाले राष्ट्रिय प्रतियोगिता नियमित आयोजना गर्ने संघले जनाएको छ । सर्वाधिक अन्र्तराष्ट्रिय सहभागिता जनाउने खेल संघको पहिचान बनाउने गरि अघि बढ्ने जनाएको सघंले सक्दो धेरै फिडेका अफिसियल प्रतियोगिता आयोजना गर्ने बताएको छ ।
एक महिना भित्र कार्यलय स्थापना, एक सातामा अफिसियल वेभसाइट सञ्चालन गर्ने, मिसन आईएम प्रोजेक्ट , चेस ईन स्कुल प्रोगाम पुनः शुरु गर्ने संघले लक्ष्य राखेको छ । बुद्धिचाललाई ७७ जिल्लामा विस्तार गर्ने संघको याजना रहेको छ । हाल ५० जिल्ला संघ रहेका छन् ।
देशभरका सबै पालिकामा बुद्धिचाल संघ गठन गर्ने, खेलाडी संरक्षण कोषको स्थापना गर्ने तथा खेलाडी, आर्विटर, ट्रेनर र आयोजकलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने संघको लक्ष्य रहेको अध्यक्ष गौतमले बताएका छन् ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]