3 years ago
July 25, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बुद्धिचाल संघले भारतको चेन्नईमा आयोजना हुने ४४ औं चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलीका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ ।
काठमाडौंको ठमेल पार्क होटलमा सोमबार सुरु भएको कार्यक्रममा ओलम्पियाड टोलीका खेलाडी तथा अफिसियलको सहभागिता रहेको छ । दुई दिने कार्यक्रममा मनोविज्ञान, मोटिमेशन, खेल शैली तथा प्राविधिक विषयका प्रस्तुतीमाथि छलफल हुने बताइएको छ ।
पहिलो दिन मनोविद डा. नरेन्द्र ठगुन्ना, बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम, उपाध्यक्ष नारायणदास गमाल, महासचिव धरम बहादुर लामा तथा सचिव उमेश केसीले विभिन्न विषयमा आ–आफ्नो धारणा राखेका छन् । कार्यक्रमको दोश्रो दिन पूर्व नेशनल च्याम्पियन एवं ओलम्पियाड खेलाडीद्धय सुरवीर लामा तथा केशव श्रेष्ठ लगायतले अनुभव बाँड्ने कार्यक्रम रहेको छ ।
बिहीबार सुरु हुने ओलम्पियाडको पुरुषतर्फको टिममा वर्तमान नेशनल च्याम्पियन पुरुषोतम चौंलागाईं सहित फिडेमास्टरद्धय रुपेश जयसवाल तथा क्षितीज भण्डारी एवं क्यान्डिडेटमास्टरद्धय विवेक थिङ तथा मिलन लामाले प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी महिलातर्फ नेशनल च्याम्पियन सुजना लोहनी सहित कृतिसरा अधिकारी, अनिशा न्यौपाने, विनिता कपाली र शान्ति थिङले चुनौती पेश गर्नेछन् ।
सहभागी खेलाडी मध्ये रुपेशले २०१२(रसिया) एवं २०१८(जर्जिया) को अनुभव संगाली सकेका छन् भने सुजनासँग २०१६(अवरवैजान) तथा २०१८(जर्जिया) को अनुभव रहेको छ । त्यस्तै क्षितिज भण्डारी २०१६(अजरवैजान) तथा विवेक २०१८(जर्जिया) ओलम्पियाडमा सहभागी भएका छन् ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]