3 years ago
August 9, 2022
एजेन्सी – अमेरिकी सेरेना विलियम्सले युएस ओपन पछि टेनिसबाट सन्यास लिने संकेत गरेकी छन् । २३ पटककी ग्रान्ड स्लाम च्याम्पियन सेरेनाले आफ्नो जीवनमा अन्य चिज पनि महत्वपूर्ण रहेको बताएकी छिन् ।
यद्दपी उनले पटक पटक सन्यास भन्ने शब्द आफूलाई मन नपर्ने बताउने गरेकी थिइन् । ४० वर्षे सेरेनाले इन्स्टाग्राममा उनले खेलेकी छन्, काउन्ड डाउन सुरु भएको छ । आउने दिन सातामा म यसमा अझै प्रष्ट गर्ने छु । उनले युएस ओपन खेल्ने पनि प्रष्ट पारेकी छिन् ।
युएस ओपन उनले अहिले सम्म ७ पटक जितिसकेकी छिन् । युएस ओपन बाहेक उनले अहिले सम्म सात पटक अष्ट्रेलियन ओपन, तीन पटक फ्रेन्च ओपन र सात पटक विम्बल्डन जितेकी छिन् ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]