3 years ago
August 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कान्तिपुर भ्यालीका निकेनमान प्रधानले १६ औं हरेराम जोशी स्मृति खुला टेबल टेनिसको भेट्रान ४० वर्ष माथिको उपाधि जितेका छन् ।
हरेराम जोशी स्मृती फाउन्डेसनको आयोजना भएको प्रतियोगिताको आइतबार भएको फाइनलमा निकेनमानले पिङ पङ क्लबका जयराम महर्जनलाई ११–८,९–११,११–७,११–६,११–९ को अन्तरले पराजित गर्दै उपाधि जितेका हुन् । त्यसा ललितपुरका राजु शाक्य र पिङ पङका रक्त मानन्धर संयुक्त रुपमा तेस्रो भयो । महिलातर्फको भेट्रान ४० वर्षमाथिको मा काठमाडौंकी इन्दिरा पराजुलीले उपाधि जितिन् । फाइनलमा उनले यसोदा घिमिरलेलाई हराइन् । विपना घिमिरे तेस्रो भइन् ।
पुरुष भेट्रान ५० वर्षको उपाधि खोल्चापखु क्लबका नदिम शाक्यले जिते । उनले फाइनलमा किरण व्यञ्जनकारलाई ११–७,११–९,९–११,११–८ ले हराएका थिए । त्यसमा गड स्पिनका रोशन शाक्य र १९८० क्लबका मुनी बज्राचार्य संयुक्त रुपमा तेस्रो भए । त्यस्तै कान्तिपुर पिङ पङका जगदिश्वर जोशीले उपाधि जिते । जगदिश्वरले फाइनलमा दाङका अग्र विष्टलाई हराएका थिए । विष्णु पराजुली तेस्रो भए ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं स्पाइकर्स आजको खेलमा विजयी भएपनि एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फाइनल पुग्न असफल भएको छ। पोखरा निन्जाजलाई आज ३-१ ले हराएपनि सेट गुमाएका कारण काठमाडौं फाइनल पुग्न सकेन । योसँगै ललितपुर क्विन्स फाइनलमा पुगेको छ। लिग चरणको अन्तिम खेलको नतिजाले ललितपुरलाई फरक पर्नेछ। लिगको अन्तिम दिन काठमाडौंले लुम्बिनी लायन्स र […]
November 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता कर्णाली याशविस एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फाइनल पुगेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज मधेश युनाइटेडलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि नजिक पुगेको हो। एकतर्फी जित निकाल्ने क्रममा कर्णालीले २५-१५,२५-१२,२५-१७ को जित निकालेको थियो। सबै ४ खेल जितेको कर्णालीको १२ अंक पुगेको छ। आज अर्को […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]