default_image

3 years ago

September 17, 2022

नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुर सुदूरपश्चिममा

317 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा यसै महिना आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुरको पहिलो दिन सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा शनिबार ट्रफी प्रदर्शन गरिएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले ट्रफी सार्वजनिक गरेका थिए । सो अवसरमा प्रदेशका खेलकुद मन्त्री समेत रहेका गोविन्द बोहेरा, प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव दिपक सिंह, प्रदेशका ९ जिल्लाबाट छनोट भएका खेलाडी, प्रशिक्षकलगायत खेलप्रेमीको उपस्थिति थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गठन गरेको कार्यदलले ट्रफी टुर गराइएको हो । ओलम्पियन दीपक विष्टको संयोजकत्वमा रहेको ५ सदस्यीय कार्यदलमा भलिबल कप्तान अरुणा शाही, अल्ट्रा धाविका मिरा राई, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का रहेका छन् । खड्का बाहेक चारै जना शनिबारको कार्यक्रममा सहभागी थिए ।

ट्रफी टुरको अघिल्लो दिन शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रफी सार्वजनिक गरेका थिए । सहभागी ११ मध्ये एनआएनएबाहेक सबै प्रदेश र ३ विभागिय टोली (सेना, प्रहरी र शसस्त्र प्रहरी) बलमा ट्रफी लगिने बताइएको छ । आइतबार ट्रफी टुर लुम्बिनी प्रदेशमा लगिने बताइएको छ । ट्रफीको मायादेवी मन्दिरमा फोटो सेसन गरिने राखेपले जनाएको छ ।

निलेन्द्रराज श्रेष्ठले कल्पना गरेको ट्रफी श्याम तुलाधरसहितको ५ सदस्यीय शिल्पकारले तयार पारेका थिए । ट्रफी ४ सय ५० घन्टामा तयार पारिएको बताइएको छ । जसका लागि ५ केजी चाँदी, २ तोला सुन प्रयोग भएको छ भने त्यसको कुल लागत १० लाख रुपैयाँ रहेको जनाएको छ । त्यसमा नेशनल गेम ट्रफी लेखिएको छ ।

नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुर

दिन स्थान

असोज १ गते – सुदूरपश्चिम
असोज २ गते- लुम्बिनी
असोज ३ गते- बागमती
असोज ७ गते- त्रिभुवन आर्मी क्लब
असोज ८ गते – प्रदेश १
असोज ९ गते – प्रहरी र सशस्त्र प्रहरी
असोज १३ गते – मधेश प्रदेश
असोज २३ गते – गण्डकी

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.