default_image

3 years ago

September 24, 2022

विराटनगरमा राष्ट्रिय खेलकुद ट्रफी टुर

323 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद )– राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत शनिबार प्रदेश नं १ को राजधानी विराटनगरमा शनिबार गरिएको छ । विराटनगरस्थित शहिद रंगशालामा प्रदेश १ का मुख्य मन्त्री राजेन्द्रकुमार राईले ट्रफी प्रदर्शन गरेका थिए ।

राष्ट्रिय खेलकुदको नवौं संस्करण गण्डकी प्रदेशमा असोज २८ गते देखि कात्तिक ३ गते सम्म सञ्चालन हुनेछ । राष्ट्रिय खेलकुदको ट्रफी टुर पहिलो पटक गरिएको हो । ट्रफी प्रदर्शनी गर्दा ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्ट तथा सदस्य नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही र अल्ट्रा धाविका मिराको पनि उपस्थिति थियो ।

ट्रफी प्रदर्शनीका क्रममा खेलाडीका लागि प्रदेश सरकारले कन्जुन्साइ नगर्ने उल्लेख गर्दै नवौं राष्ट्रिय खेलकुद सफलताका लागि प्रदेश टोलीलाई शुभकामना दिए । प्रदेश १ का सामाजिक तथा खेलकुद मन्त्री राजन राईले नवौ राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई विगतमा भन्दा पुरस्कार रकम बढ्ने जानकारी दिए ।

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले ३५ खेलमा ७ सय ६ खेलाडी तथा प्रशिक्षक र व्यवस्थापक गरि ८ सय २० जनाको सहभागिता रहने जानकारी दिए । भदौ २८ गतेदेखि असोज ८ गते सम्म भएको प्रदेश छनोटमा ४ हजार १ सय ५२ खेलाडीको सहभागिता रहेको वाग्लले बताए ।

ट्रफीलाई असोज ९ गते सशस्त्र प्रहरी बल (एपीएफ) को हल्चोकस्थित मुख्यालय, असोज ११ गते कर्णाली प्रदेशको सुर्खेत र असोज १३ गते मधेश प्रदेशको रामजानकी मन्दिर पु¥याइने छ । अन्तिममा ट्रफीलाई राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल पोखरामा पु¥याइने छ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदै छ ।

यसअघि ट्रफीलाई सुदूरपश्चिमको धनगढी, लुम्बिनी प्रदेशको बुटवल र बागमती प्रदेशको हेटौंडा, नेपाली सेना र नेपाल प्रहरीको मुख्यालयमा प्रदर्शन गरिएको थियो । नवौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभाग र एनआरएनए गरि ११ टोलीका खेलाडीको सहभागिता रहनेछ । यसपटक ३६ प्रतिस्पर्धात्मक र २ प्रदर्शनी खेल समावेश गरिने राखेपले यसअघि नै घोषणा गरिसकेको छ ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.