3 years ago
September 25, 2022
दिपक बोहरा, पाँचथर
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश १ को छनोमा पाँचथरले ११ स्वर्ण पदक जितेको छ । प्रदेशबाट पाँचथरका २२ खेलाडी छनोट भएका छन् ।

भदौ २८ गते देखि असोज ८ गतेसम्म प्रदेश छनोटमा पाँचथरले आइ.टि.एफ तेक्वान्दो, फुलकन्ट्रयाक कराते र कुस्तीमा समान ३ वटा स्वर्ण तथा जुडो र शारीरिक सुगठनमा समान १ स्वर्ण जितेको जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए ।
आइ.टि.एफ तेक्वान्दोमा दर्शन सेलीङ,आलोक राई ४५ केजी समुह र अनिस सेलीङ ६० केजी समुहमा स्वर्ण पदक जितेका हुन् । फुलकन्ट्रयाक कराँतेमा श्रृष्टी आङदेम्बे ४० केजी समुहमा, विना तुम्बपो ५० केजी समुहमा, इक्सा माङलाक ५५ केजीमा स्वर्ण पदक जितेका छन् ।
कुस्तीमा अमिलेख नेम्बाङ ७४ केजी समुहमा,बर्णा लिम्बु चोम्बाङ ५७ केजी समुहमा, प्ररणा लिम्बु ५३ केजी समुहमा स्वर्ण पदक जितेका छन् । जुडोमा उत्तम प्रधानले ७७ केजी समुहमा स्वर्ण पदक जितेका छन् ।
शारीरिक सुगठनमा पवन भट्टराई ७० केजी तौलसमूहमा स्वर्ण पदक जितेका हुन् । जिल्लाकी फुटबल खेलाडी प्रविना कालीकोटे, रग्बी पुरुष टोलीमा बुद्धिराज राई,विनय तुम्बापो,सन्दीप कुमार राई र बुद्धिचालबाट प्रशान्त दाश चेम्जोङ प्रदेश छनोटमा छनोट भएका छन् ।
प्रदेश छनोटमा पाँचथरबाट १७ खेल २ सय ६६ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता गण्डकी प्रदेशमा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]