3 years ago
October 3, 2022
महोत्तरी (हाम्रो खेलकुद)– बर्दिबास नगरपालिका वडा नं ३ ले बर्दिबास वडा स्तरिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गौरिडाँडा मैदानमा आइतबार भएको फाइनलमा वडा नं ८ लाई सडन डेथमा हराउँदै वडा नं ३ ले उपाधि जितेको हो ।

वडा नं ३ सडन डेथमा विजयी भएको थियो । निर्धारित समय २–२ को बराबरी र टाइब्रेकरमा पनि बराबरीपछि खेल सडन डेथमा पुगेको थियो । सडन डेथमा ७–६ ले विजयी भएको थियो ।
गौरिबास सेवा समिति र वडा नं ३ को संयुक्त आयोजना भएको प्रतियोगिताको विजेताले ३० हजार र दोस्रो टोलीले १५ हजार रुपैयाँ प्राप्त गरेको छ । विजेता टोलीका राजु खड्का उत्कृष्ट गोलकिपर चुनिएका थिए ।
असोज ६ गते देखि सञ्चालन भएको प्रतियोगितामा बर्दिबासका १४ मध्ये १३ वडाको सहभागिता थियो ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]