3 years ago
October 3, 2022
विराटनगर (हाम्रो खेलकुद) – विराटनगरमा भएको ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’प्रतियोगिताको उपाधि आयोजक–११ ले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा आयोजक–११ ले दमकको दमक–लखन भेट्रान क्लबलाई ३–१ गोल अन्तरमा पराजित गर्दै उपाधि जितेको हो ।

मध्यान्तर अघि दुवै टोली १–१ गोलको बराबरीमा रहेका थिए । मध्यान्तरपछि आयोजकले खेलको रणनीतिमा केही परिवर्तन गरेपछि थप २ गोल गर्दै जित निकालेको हो । खेलको २१ औं मिनेटमा दमकका अम्बर लिम्बुले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ३९ औं मिनेटमा आयोजकका विमल गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याए ।
५३ औं मिनेटमा रमेश गुरुङले आयोजक टोलीका लागि दोस्रो गोल गरे । खेलको इन्जुरी समयमा आयोजकका डेनिम राईले गोल गर्दै जित सुनिश्चित पारे । खेलको म्यान अफ द म्याच आयोजकका संजीव बुढाथोकी, सर्वाधिक गोलकर्ता दमकका सुवास आङ्थुपो, म्यान अफ द सिरिज आयोजकका दीलिप बास्कोटा र फेयरप्ले विर्तामोड भेट्रान क्लब भएका छन् । आफूले पाएको पुरस्कार राशिको १० प्रतिशत रकम दमकले बन्टीका परिवारलाई प्रदान ग¥यो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, एन्फाका पूर्व उपाध्यक्ष सन्तोष बानिया, खेल संयोजक किशोर धमलालगायतले पुरस्कार प्रदान गरेका थिए ।
पूर्व प्रशिक्षक बानियाँ सम्मानित सम्मान
दमक–लखनपुर भेट्रान क्बलले शनिबार फाइनल खेल सुरु हुनु अघि मैदानमा फुटबलका पूर्व वरिष्ठ प्रशिक्षक सन्तोष बानियाँलाई सम्मान गरेको छ । बानियाँले फुटबल क्षेत्रमा पु¥याएको योगदानलाई कदर गर्दै सम्मान गरेको बताएको हो ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]