default_image

1 year ago

October 19, 2022

आर्मी पुरुष भलिबलको फाइनलमा

पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुषतर्फको फाइनलमा पुगेको छ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । पोखरा रंगशालाको भलिबल कोर्टमा बुधबार भएको पहिलो सेमिफाइनलमा आर्मीले पुलिसलाई २५–१८, २१–२५, २५–२३ र २५–१९ ले हराएको थियो । सेमिफाइनल खेलका दौरान पुलिसका झमनसिंह दर्जी […]

175 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुषतर्फको फाइनलमा पुगेको छ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो ।

पोखरा रंगशालाको भलिबल कोर्टमा बुधबार भएको पहिलो सेमिफाइनलमा आर्मीले पुलिसलाई २५–१८, २१–२५, २५–२३ र २५–१९ ले हराएको थियो । सेमिफाइनल खेलका दौरान पुलिसका झमनसिंह दर्जी घाइते भएका छन् ।

आर्मीले फाइनलमा नेपाल एपिएफ क्लब र गण्डकी प्रदेशबीचको विजेतासँग बिहीबार फाइनल खेल्ने छ । दोस्रो सेमिफाइनल जारी छ ।

April 14, 2024

६ खेलाडी आइओएफसटिसीका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिताबाट ६ खेलाडी दक्षिण कोरियाको सिओलमा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) का लागि छनोट भएका छन् । कोरियामा अगष्ट २३ देखि २४ तारिखसम्म हुने आइओएफटिसीका लागि आइतबार ग्योरोगीमा ४ र एकल पुम्सेमा २ गरी ६ स्पर्धामा स्वर्ण पदक जितेका खेलाडी छनोट भएका हुन् । कोटेश्वर […]

April 14, 2024

बागमती अन्तर प्रदेश खेलकुदमा टिम च्याम्पियन

हेटौंडा (हाम्रो खेलकुद) – बागमती प्रदेश प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको अन्तरप्रदेश खेलकुदमा ६१ स्वर्ण पदक जित्दै बागमती च्याम्पियन बनेको हो । बागमतीले ४३ रजत र ३६ कांस्य पदकका साथ कुल १ सय ४० पदक जितेको छ । त्यस्तै २१ स्वर्ण, २१ रजत र […]

April 14, 2024

खम्बू नेपालकै पहिलो महिला आइए

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन चेस एकेडेमी (एचसीए) की अध्यक्ष मोनालिशा खम्बू इन्टरनेसनल आर्बिटर (आइए) बन्ने पहिलो नेपाली महिला भएकी छन् । नेपाल बुद्धिचाल महासंघकी उपमहासचिवसमेत रहेकी खम्बूलाई अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को अप्रिल ८ देखि १३ सम्म भएको काउन्सिलको पूर्ण बैठकले आईए बनाउने निर्णय गरेको बताइएको छ । खम्बू ओलम्पियाडमा आर्बिटरको जिम्मेवारी निर्वाह गर्ने […]

Success

Thank you for your time.