9 years ago
December 28, 2016
बिराटनगर (हाम्रो खेलकुद) – वैजनाथपुर भएको सुटिङको अन्तिम दिन पुरुष १० मिटर एयर राइफलमा आर्मीका सुसे चौधरीले स्वर्ण जिते । २ सय पूर्णाङकको फाइनलमा चरणमा सुसेले १८६ अंक जोडे । ओलम्पियन टीकाराम श्रेष्ठ दोश्रो भए । पूर्वाञ्चलका उनले १८३ अंक बटुले । तेश्रो स्थानमा चित्त बुझाएका मध्यपश्चिमाञ्चलका पवन घिमिरेले १६४ अंक ल्याए ।
सोही स्पर्धाको महिलामा प्रहरीकी अस्मिता राई च्याम्पियन बनिन् । २ सय पूर्णाङकको खेलमा अस्मिता र ओलम्पियन प्रहरीकै फुलमाया क्याप्छाकीले समान १८९ अंक जोडेपछि खेल टाइ भएको थियो । अर्को चरणमा पनि दुवैले समान १०–१० अंक जोडेका थिए । त्यसपछिको प्रतिस्पर्धामा भने अस्मिताले १८ अंक जोड्दै फुलमायालाई दोश्रो स्थानमा चित्त बुझाउन बाध्य पारिन् । त्यसमा फुलमायाले १७ अंक मात्र जोड्न सफल भइन् । मध्यपश्चिमाञ्चलकी रुसी सोमईं मगर तेश्रो भइन् । रुसीले १६४ अंक ल्याइन् ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]