3 years ago
March 19, 2023
काठमाडौं (हाम्रो खेलकुद)– इलामका विदुरप्रसाद गौतम नेपाल बुद्धिचाल महासंघको अध्यक्ष सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा शनिबार भएको आठौं साधारणसभा तथा निर्वाचनबाट गौतम निर्विरोध निर्वाचित भएका हुन् ।

१३ सदस्य कार्यसमितिमा हेराकाजाी महर्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए । उनले राजेन्द्रप्रसाद रिजाललाई पराजित गरे । महर्जनले ७० र रिजालले २८ मत प्राप्त गरे । उपाध्यक्षमा मोरङका ज्ञानेन्द्र प्रसाद पराजुली ६६ र कैलालीका धन बहादुर बोगटी ५८ मतका साथ विजयी भए । माधव प्रसाद प्रधान १९ र विश्व विजय घिमिरेले १५ मत प्राप्त गरे ।
महासचिवमा मकवानपुरका धरम बादुर लामा र उप महासचिवमा खोटाङकी मोनालिसा खम्बु विजयी भए । महासचिवमा लामाले ५१ र सुवोधराज शेर्पालीले ४९ मत प्राप्त गरे । उप महासचिवमा खम्बुले ४१ मत प्राप्त गरिन् । उमेश केसी २६, यज्ञ प्रसाद पन्त २१ र भुपेन्द्र निरौला १५ मत प्राप्त गरे । कोषाध्यक्षमा स्याङ्जाका ताराबहादुर रानाभाट ५८ मत सहित विजयी भए । उनका निकत्तम प्रतिद्वन्द्वी रामकिशोर सिंह ४० मत पाए ।

सदस्यहरुमा पाल्पाका चन्द्रमणी गैरे, प्रतिमा महत बाँके , राजु ताम्राकार , ललितपुर , राजेन्द्र पराजुली झापा, सुशील चौधरी धनुषा र भक्तपुरका निरन्जन प्रजापति निर्वाचित भए। साधारण सभामा सात प्रदेश , ५५ जिल्लाका गरि १ सय १८ जना प्रतिनिधिहरुको सहभागिता थियो ।
त्यसअघि राष्ट्रिय खृेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको उद्घाटन गरेको उद्घाटन सत्रमा बंगलादेशका फिडे जोन ३.२ का अध्यक्ष सइद सहाब उद्दिन र दक्षिण एसियाली चेस काउन्सिलका अध्यक्ष बेनजिर अहमेदको उपस्थिति थियो ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]