3 years ago
April 21, 2023
काठमाडौं (हाम्रो खेलकुद)- नेसनल चेस च्याम्पियनसिपको चौथौं दिनको समाप्तीमा महिलामा फिडे मास्टर सुजना लोहनी र खुलामा फिडे मास्टर रुपेश जैसवालले एकल अग्रता कायम राखेका छन्।

छैटौं चरण खेल सम्पन्न हुँदा रुपेश र सुजनाको समान ६ अंक छ । रुपेशले पाँचौ चरणमा ललितपुरका राजन पुरी माथि सहज जित निकाले भने छैटौं चरणको रोचक खेलमा पूर्व नेपाल च्याम्पियन सुरवीर लामालाई पराजित गरे।
१४ बर्षिय खेलाडी पुरुषोत्तम सिलवालले उत्कृष्ट प्रदर्शनलाई जारी राख्ने क्रममा पाँचौमा २१ औं राष्ट्रिय प्रतियोगिताका विजेता पुरुषोत्तम चौलागाईंलाई खेलको ४१औं चालमा हराए । उनले छैटौं चरणमा पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठखाई ४६ औ चालमा निराश बनाए।
फिडे मास्टर क्षितिज भण्डारी साढे ४ अंक सहित तेस्रो स्थानमा छन्। कझापाका राजन सुवेदीसंग पाँचौ चरणको खेलमा बराबरी खेलेका क्षितिजले छैटौं चरणको खेलमा दोलखाका राजिव कार्की माथि जित निकाले।
नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा जारी प्रतियोगितामा झापाका राजन सुवेदीको ४ अंक छ।
दिव्यासं मल्टी प्रोडक्सन रौतहटको मुख्य प्रायोजनमा र रुक्मणी टुर्स एण्ड ट्राभल्सको सह प्रायोजकमा जारी प्रतियोगितको महिलातर्फ सुजनाले पाँचौ चरणमा काठमाडौकी विनिता कपालीलाई पराजित गरिन् भने छैटौं चरणको खेलमा झापाका पुनम प्रसाईंलाई हराइन्।
पर्साकी सुशिला गुरुङ साढे ४ अंक सहित दोस्रो स्थानमा छिन् भने मोरङकी शान्ति धिमालले ४ अंक जोडेकी छिन्। सुशिलाले पाचौं चरणमा कास्कीका पूजा भण्डारीलाई पराजित गरिन् भने छैटौं चरणको खेलमा रिया श्रेष्ठसंग अंक बाँडिन्।
शान्तिले दुवै खेलमा जित हात पार्ने क्रममा पाँचौ चरणमा रिया श्रेष्ठ र छैटौं चरणमा विनिता कपालीलाई माथ दिइन् । काठमाडौकी रियाको साढे ३ अंक छ।
काठमाडौको लाजिम्पाट हेटेल ले हिमालयमा सन्चालन भइरहेको प्रतियोगितामा शनिबार सातौं र आठौं चरणका खेलहरु हुने महासंघले जनाएको छ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]