default_image

3 years ago

May 20, 2023

दोलखा चेसमा भारतीय खेलाडीको दबदबा

385 views

0 Bookmark

दोलखा (हाम्रो खेलकुद) – पूर्व मन्त्री भीमबहादुर तामाङको स्मृतिमा दोलखा चेस होम नेपाल दोलखाको आयोजना तथा भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको सहयोगमा दोलखा खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन दोस्रो र तेस्रो चरणको खेल सम्पन्न हुँदा भारतीय खेलाडीहरुको वर्चस्व रहेको छ ।

भारतका धनविर सिंयादव, ईन्द्रजीत महिन्द्राकार, कृष्ण कमार, मोहित कुमार सोनी , प्रियान्सु बरौरा, अंकित नारायण विस्वास, अनुभव गप्ता, राहुल सोराम सिंहले ३ अंक जोडेका छन् । त्यसैगरि नेपालका राजन पुरी, पुर्व नेपाल च्याम्पियन नवीन तण्डकार, सुशुरत दाहाल , श्री कृष्ण श्रेष्ठ , पुरुषोत्तम सिलवालले पनि ३ अंक रहेको छ।

श्रीलंकाका वोमेन आइएम सचिन रणेसिंघे नेपालका पुर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईं , आशिष् फुयाल , भारतका कुमार गौरव, अनुष्का गुप्ताले साढे २ अंक सहित संयुक्तरूपमा दोस्रो स्थानमा रहेका छन्। दोलखा चेस होम नेपालको आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवालको २ अंक रहेकोछ । उनी तेस्रो चरणको खेलमा भारतका मोहित कुमार सोनीसंग पराजित भएका थिए ।

पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली , सरोज महर्जन , राजन सुवेदीले पनि २ अंक जोडेका छन् । दोलखाको चरिकोट स्थित कालिन्चोक माध्यमिक स्कूलमा संचालन भइरहेको प्रतियोगितामा नेपाल ,भारत , श्रीलंका र अमेरिका गरि १ सय ४८ खेलाडीहरुको सहभागीता रहेको छ ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.