3 years ago
June 1, 2023
काठमाडौं (हाम्रो खेलकुद)– हिमालयन बैंक गल्फ प्रतियोगिता शुक्रबार सुरु हुने भएको छ । रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) मा दुई दिन सम्म चल्ने प्रतियोगितामा बढीमा १ सय २५ खेलाडीको सहभागिता रहने हिमाल बैंकका चिफ मेनेजर समिर आचार्यले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा महिला, पुरुष, ग्रस, सिनियर, सुपर सिजिन, गेस्ट, हिमालयन बैंक ग्राहक, जुनियर र गल्र्सको प्रतिस्पर्धा हुने बताएका छ । आचार्यका अनुसार २० वटा विधामा खेलाडीहरुलाई पुरस्कृत गरिनेछ । बैंकको ३० औं बार्षिक उत्सावको वर्ष रहेकोले प्रतियोगितामा ३० औं स्थान प्राप्त गर्ने खेलाडी पनि पुरस्कृत हुनेछन् ।
पहिलो दिन ६० र बाँकी खेलाडीले शनिबार प्रतिस्पर्धा गर्नेछन् । ३/४ ह्यान्डीक्यापका आधारमा प्रतियोगिता हुनेछ । हिमालयन बैंकका चिफ मेनेजर जयन्द्र विक्रम शाहले प्रतियोगिता नियमित रुपमा आयोजना हुँदै आएको बताए । शाहले भने ‘हामी सहभागी सबैलाई धन्यवाद दिन्छौं । उहाँहरुको उत्साहजनक सहभागिताकै कारण प्रतियोगिता दुई दिन गर्दैछौं ।
’आरएनजिसीका मानार्थ महासचिव कसनकुमार अग्रवालले लगातारको सहकार्यका लागि हिमालयन बैंकलाई धन्यवाद दिए । आरएनजिसीका कप्तान मिथुन राईले प्रतियोगितालाई सफल पार्न हरसम्भव प्रयास गर्ने बताए ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]