default_image

2 years ago

June 17, 2023

रुपेशले ग्राण्ड मास्टरलाई रोके

404 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– नेपाल च्याम्पियन २१४६ फिडे मास्टर रुपेश जैसवाल दक्षिण एसिसयाली चेस च्याम्पियनसिपमा भारतीय २५०८ रेटेड ग्राण्ड मास्टर सयन्तन दासलाई सातौ चरणको खेलमा बराबरीमा रोक्न सफल भएका छन् । यो बराबरीले सयन्तनको उपाधि यात्राका धक्का लागेको छ ।

रोचक खेलमा कालो गोटी लिएर सिसिलेन प्रणालीमा खेल सुरु गरेका सयन्तन आक्रमक रुपमा प्रस्तुत भएका थिए ।सेतो गोटी लिएका रुपेश विपक्षीको हरेक चालको जवाफ दिन सफल भए । तर खेलको ५८ औं चालमा सयन्तनले एउटा सिपाही फाइदा गरे । जसका कारण रुपेश दबाबमापरे । तथापी रुपेशले धैर्यतापूर्वक सयन्तनको सामना गरे । खेलेको १ सय पाँचौं चारमा खेल बराबरीमा टुंगियो ।

रुपेशले तेस्रो चरणको खेलमा २४१५ रेटेड नुबैर शााह मोहम्मद लाई बराबरीमा रोकेका थिए । शनिबार रुपेशले छैटौं चरणको खेलमा पुरुषोत्तम सिलवाललाई हराएका थिए । १४ बर्षका १८३४ रेटेट खेलाडी पुरुषोत्तमले बंगलादेशका २२१२ रेटेड फिडे मास्टर हसन पराग मेहन्दीमाथि सनसनीपूर्ण नजिता निकाले ।

हसनले कालो गोटी लिएर सिसिलेन प्रणालीमा खेल सुरु गरे । सेतो गोटी लिएर खेल अगाडि बढाएका पुरुषोत्तमले निकै नै आक्रमक देखिएका हसनको हरेक चाललाई विफल बनाउँदै लगे। निकै नै ट्याक्टिकल खेलको २५ औ चालमा पुरुषोत्तमले एउटा घोडा फाइदा गरे । २६ औं चालमा पुनः घोडा बलिदान गरि दुई वटा प्यादा लिए । दुइ वटा प्यादा गुमाए पछि निरीह बनेका हसन माथी पुरुषोत्तमले लगातार दबाब बनाइराखे । परिणामस्वरूप हसन ३७ औं चालमा पुरुषोत्तमलाई खेल सुम्पन बाध्य भए । रुपेशको ४ र पुरुषोत्तमको ३ अंक छ ।

सातौ चरणको खेल सम्पन्न हुँदा चौथो स्थानमा रहेका क्षितिज भण्डारीले छैटौं र सातौ चरणमा जित निकालो । उनको साढे ४ अंक छ । क्षितिजले सातौ चरणको खेलमा पूर्व नेपाल च्याम्पियन २०३२ सुरवीर लामामाथि र छैटौं चरणको खेलमा भुटानका डिक्चेन दोर्जीमाथि जिन निकालेका थिए ।

इन्टरनेशनल मास्टर नुबैरले च्याम्पियनसिपमा एकल अग्रतालाई कायम राखेका छन् । नेपाल बुद्धिचाल महासंघको आयोजनामा जारी प्रतियोगितामा नुबैर साढे ६ अंक सहित आफने शीर्षतालाई कायम राखेका हुन् । उनले शनिबारा छैटौं चरणको खेलमा बंगलादेशका हसन पराग मेहन्दीलाई खेलको ४१ औं चालमा निरास पारे भने सातौ चरणको खेलमा बंगलादेश कै अब्दुल मोहम्मद मलेकलाई २९ औ चालमा हराए ।

त्यस्तै २५०८ रेटेड ग्राण्ड मास्टर सयन्तन दास साढे ५ अंक लिइ दोस्रो स्थानमा छन् । उनले छैटौं चरणको खेलमा पाकिस्तानका अमिर करिमलाई हराएका थिए । पाकिस्तानी खेलाडी २०४६ रेटेड अमिरले सातौ चरणको खेलमा डिक्चेन दोर्जीलाई हराउँदै ५ अंक जोडेर तेस्रो स्थानमा छन् । सुरवीर लामाको साढे २ अंक छ ।

महिलातर्फ चौथो र पाँचौ चरणको खेल सम्पन्न हुँदा भारतीय इन्टरनेशनल मास्टर २२२५ रेटेड साक्षी आनान्दले ५ अंक सहित शीर्षस्थान कायम राखेकी छिन् । उनले पाँचौ चरणको खेलमा नेपालका सुशीला गुरुङलाई हराइन् भने चौथो चरणमा मालदिप्सकी नुहा रिवानबाट वाक ओभर पाइन् ।

त्यसैगरी बंगलादेशकी १९१३ रेटेड वदिफा अहमद ४ अंकसहित दोस्रो स्थानमा छिन्। उनले चौथो खेलमा सुशीला गुरुङलाई पराजित गरिन् भने पाँचौ चरणको खेलमा शान्ति धिमाललाई माथ दिइन् । ललितपुरको गोदावरी स्थित होटेल भ्यु भृकुटीमा जारी प्रतियोगितामा नेपालका १७५३ रेटेड फिडे मास्टर सुजना लोहनी र बंगलादेशका १८५२ रेटेड जन्नतउल फेरडोस साढे ३ अंकसहित संयुक्त रुपमा तेस्रो स्थानमा छन् ।

चौथो चरणको खेलमा जन्नतउलसंग बराबरी खेलेका सुजनाले पाँचौ चरणको खेलमा नहा रिजवानसंग वाक ओभर पाए भने जन्नतउलले पाँचौ चरणको खेलमा रिया श्रेष्ठलाई पन्छाइन् । आइतबार सम्पन्न हुने प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषद , ललितपुरका स्थानीय निकायहरु ललितपुर महानगरपालिका , महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका , कोन्जोसम गाउँपालिका, बागमती गाउँ पालिका, महाँकाल गाउँ पालिका र ललितपुर जिल्ला समन्वय समितिको सहयोग रहेको छ ।

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

Success

Thank you for your time.