2 years ago
June 27, 2023
धनगढी (हाम्रो खेलकुद) – दोलखाका आशिष फुयालले सुदुर पश्चिम बुद्धिचाल संघको आयोजनामा भएको मुख्यमन्त्री कप राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । आशिषले अन्तिम चरणको खेलमा मंगलबार पूर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईंसंग बराबरी खेलेका थिए ।

नवौं चरणसम्म भएको खेलमा आषिशले अपराजित रहेर ६ खेलमा जीत निकाले भने ३ खेलमा बराबरी खेल्दै साढे ७ अंक सहित पाँचौ राष्ट्रिय एमेच्योर विजेता भएका हुन् । आशिषले उपाधि सहित ४० हजार रुपैयाँ प्राप्त गरे । त्यसैगरी पछिल्लो भएका प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेका १४ बर्षिय काठमाडौका पुरुषोत्तम सिलवाल दोस्रा भए ।
७ अंक जोडेका पुरुषोत्तमले समान अंक जोडेका पूर्व नेपाल च्याम्पियन नवीन तन्डुकारलाई ट्राईबेकरमा पछाडि पारेका थिए । पुरुषोत्तमले नवौं चरणको खेलमा ललितपुरका क्याण्डिडेट मास्टर हराउन सफल भए । नवीन तन्डुकार तेस्रा भए । पुरुषोत्तमले २५ हजार र नविनले १५ हजार रुपैयाँ प्राप्त गरे ।
त्यसैगरी काठमाडौका शुसुरत दाहाल चौथो , कैलालीका रोशन थापा पाँचौं, कन्चनपुरका टेकेन्द्र राज पाठक छैटौं, बाँकेका तिर्थ बहादुर बिक सातौं, दोलखाका राजिव कार्की आठौं, काठाडौका पुरुषोत्तम चौलागाईं नवौं र महोत्तरीका लक्ष्मण कुमार सेठ दसौं भए ।
महिलातर्फ कुसुम पाण्डे विजयी भइन् । मोरडकी शान्ति धिमाल दोस्रो र झापाकी पूजा सिंखडा तेस्रो भइन् । कुसुमले २० हजार, शान्तिले १५ हजार र पूजाले १० हजार रुपैयाँ प्राप्त गरिन् । ३५ जिल्लाका ८५ जना खेलाडीको सहभागिता रहेको प्रतियोगिता विजेतालाई सुदूर पश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपक सिंहले पुरस्कृत गरे ।
November 8, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- करण नेपाली र आयुषासिंह ठकुरीले दोस्रो राप्ती सोनारी नेचर रनको उपाधि जितेका छन् । करण छात्र र आयुषा छात्रातर्फ विजयी भएका हुन्। एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बार्षिक कार्यक्रम धारा नेपालगन्ज म्याराथनको भगिनी रनिङ इभेन्ट राप्ती सोनारी नेचर रन स्थानीय स्कुले बालबालिकालाई प्रकृतिको महत्व दर्शाउँदै दौडमा आकर्षिक गर्ने उद्देश्यले गत […]
November 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले श्रीलंकामा जारी काभा महिला यु १९ च्याम्पियनसिपमा आज घरेलु टोलीलाई पराजित गरेको छ। नेपालले श्रीलंकालाई ३-१ ले हराएको थियो। नेपालले २५-१८,२६-२४,१९-२५,२५-२० विजयी भएको थियो। नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। कीर्गिस्तान २२-२५,२५-१४,१८-२५,२५-२२,१५-९ विजयी भएको थियो। च्याम्पियनसिपमा ४ टोलीको मात्र सहभागिता छ। राउन्ड रोबिन लिगपछि अंक तालिकाको […]
November 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले श्रीलंकामा जारी काभा महिला यु १९ च्याम्पियनसिपमा आज घरेलु टोलीको सामना गर्दै । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। कीर्गिस्तान २२-२५,२५-१४,१८-२५,२५-२२,१५-९ विजयी भएको थियो। आज कीर्गिस्तान र माल्दिभ्सबीच पहिलो खेल हुनेछ। श्रीलंकाले आफ्नो पहिलो खेलमा […]