2 years ago
September 7, 2023
हेटौडा (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास समितिहरुले प्रत्येक बर्ष अन्तर प्रदेश राष्ट्रिय खेलकुद आयोजना गर्ने भएका छन् । हेटौंडामा बसेको प्रदेश खेलकुद परिषद्का सदस्य–सचिवहरुको बैठकले प्रदेश खेलकुद गर्ने निर्णय गरेको हो । प्रदेश खेलकुदहरुले आलोपालो रुपमा प्रतियोगिता आयोजना गर्ने भएका छन् ।

बागमती प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको अध्यक्षतामा बसेको बैठकले प्रत्येक बर्ष अन्तर प्रदेश राष्ट्रिय खेलकुद आयोजना गर्नेे निर्णय गरेको सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी गराएका छन् ।
प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद बागमती प्रदेशले आगामी फागुनमा आयोजना गर्ने यसअघि नै निर्णय गरेर सार्वजनिक गरेको थियो । निर्णय अनुसार प्रदेश खेलकुद प्रतियोगितामा भाग लिनका लागि प्रदेशहरुले आफ्नो टिम तयारीको खर्च बेहोर्नुपर्नेछ । स्थानिय तहबाट नै खेलाडी छनौट गरि प्रदेश टिम बनाउने गरि छलफल भएको भण्डारीले बताए ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले हरेक दुई वर्षमा आयोजना गर्ने राष्ट्रिय खेलकुदमा प्रदेश सहित तीन विभागिय टोली (सेना, प्रहरी र शसस्त्र) र एनआरएनए गरि ११ टोलीको सहभागिता रहने गरेको छ । अन्तर प्रदेश खेलकुदमा सात प्रदेशको टिमको मात्र सहभागिता रहनेछ । प्रथम प्रदेश खेलकुद आयोजनाका लागि बागमती प्रदेश सरकारले आवश्यक बजेट समेत विनियोजन गरिसकेको सदस्य सचिव भण्डारीले बताएका छन् ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]