2 years ago
September 22, 2023
काठमाडौं (हाम्रो खेलकुद)– ट्रेकिङ , स्पोर्टस र क्याजुल वेयर कम्पनी हुम्तोको उत्पादन अब नेपालमा पनि विक्री हुने भएको छ ।

नेपालका लागि हुम्तोको आधिकारिक विक्रेता कुमारी इनकर्पोरेसन प्राली रहेको छ । कुमारीको संस्थापकमा अध्यक्ष सुदर्शन न्यौपानेसहित उत्तम न्यापाने र प्रदीप न्यौपाने रहेका छन् । हुम्तोको मार्केटिङ भने जाल्पा इन्टरनेसनल ग्रुप प्रालीले गर्नेछ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता तेक्वान्दोकी आयशा शाक्य, १३ औं सागकै दोहोरो स्वर्ण पदक विजेता मन्देकाजी श्रेष्ठ, अल्ट्रा धावक मिरा राइर्, फुटबल खेलाडी विकेश कुथु, हुम्तोका सिइओ लिउ लिनाङविनले शुक्रबार न्यूरोडस्थित नेपा कम्प्लेक्सको पाँचौं तलामा रहेको हुम्तो नेपालको स्वरुमको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
जाल्पाका निर्देशक आशिष थापाले सन् १९८५ मा अमेरिकामा स्थापना भएको हुम्तोको अहिले उत्पादन भने चीनमा भइरहेको छ । उनका अनुसार विश्वका शीर्ष १० उत्पादन भित्र हुम्तो पनि रहेको छ ।
केहि समयमा सिभिल मल र दरबारमार्गमा आउट लेट तयारी भइरहेको जानकारी दिदै थापाले भने, हामी ठमेल र पोखरामा पनि स्वरुम खोल्नेछौं । संस्थापक मध्येका एक उत्तम न्यौपानेले हुम्तोको उत्पादनको सामाग्रीको मुल्य देशभरका आउटलेटमा एकै हुने बताए ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]