default_image

7 days ago

November 21, 2023

सूर्य नेपाल सेन्ट्रल ओपन- एमेच्योर गल्फर सदभाव शीर्षमा 

काठमाडौ (हाम्रो खेलकुद) – सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन एमेच्योर युवा गल्फर सदभाव आचार्य ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उकल्न सफल भएका छन्।  सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगितामा राष्ट्रिय गल्फ टोलीका सदस्य सदभावले गोकर्ण गल्फ क्लबमा आज ४-अन्डर ६८ स्कोर गर्दै समग्रमा १०-अन्डर १ सय ३४ सहित प्रोफेसनल गल्फर दिनेश […]

215 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद) – सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन एमेच्योर युवा गल्फर सदभाव आचार्य ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उकल्न सफल भएका छन्। 

सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगितामा राष्ट्रिय गल्फ टोलीका सदस्य सदभावले गोकर्ण गल्फ क्लबमा आज ४-अन्डर ६८ स्कोर गर्दै समग्रमा १०-अन्डर १ सय ३४ सहित प्रोफेसनल गल्फर दिनेश प्रजापतिलाई ३ स्ट्रोकले पछि पारे।

दिनकै उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा दिनेशले ७-अन्डर ६५ खेले। समग्रमा ७-अन्डर १ सय ३७ सहित उनी दोस्रो स्थानमा उक्लिए। समग्रमा ५-अन्डर १ सय ३९ को स्कोरमा तेस्रो स्थानमा उक्लिएका जयराम श्रेष्ठले ३-अण्डर ६९ खेले। 

पहिलो दिन शीर्ष स्थानमा रहेका एमेच्योर टासी छिरिङले २-अन्डर १ सय ४२ को नतिजामा चौथो स्थानमा झरे। उनले आज ५-ओभर ७७ को बिर्सनलायक प्रदर्शन गरे। आज ३-अन्डर ६९ स्कोर गरेका धन बहादुर थापा समग्रमा १-अन्डर १ सय ४३ सहित पाँचौ स्थानमा रहे। समग्रमा इभन पार १ सय ४४ सहित भुवन नगरकोटी छैटौ स्थानमा छन्। उनले आज १-अन्डर ७१ मा दिनको खेल सकाए। 

समग्रमा १-ओभर १ सय ४५ स्कोरका साथ सञ्जय लामा र नीरज तामाङले संयुक्त रुपमा सातौं स्थान बाँडे। नीरजले आज ३-अन्डर ६९ मा र ४-ओभर ७६ मा खेल सकाए। कुमार कामी र प्रदीप कुमार लामा समग्रमा २-ओभर १ सय ४६ सहित संयुक्त रुपमा नवौं स्थानमा रहे। कुमारले १-अन्डर ७१ र २-ओभर ७४ मा खेल सकाए। 

शीर्षस्थानमा उक्लने क्रममा सदभावले चौथो, छैटौ र सातौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। ब्याक नाइन भने १ अन्डर ३५ मा पुरा गरे। १०औं, १२औं र १५ औं होलमा एक-एक सट बचाए पनि १०औं र १८औं होलमा बोगी खेपे। 

दिनेशले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा फ्रन्ट नाइन ५-अन्डर ३१ खेले। उनले पहिलो, तेस्रो, चौथो, छैटौं र सातौं होलमा बर्डीको सफलता प्राप्त गरे। यसपछि उनले ११औं, १५औं, १६औं र १७ औं होलमा चार बर्डी प्रहार गरेपनि १२औं र १४ औं होलमा एक-एक सट खेर फाल्दा ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे। यो स्कोरमा उनी प्रोफेसनलतर्फ सबैभन्दा अगाडि रहेका छन। 

जयरामले पहिलो, तेस्रो, चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ५-अन्डर ३१ मा फ्रन्ट नाइन सकाउँदै सानदार सुरुवात गरे। तर त्यो लयलाई ब्याक नाइनमा निरन्तरता दिन सकेनन्। ११औं र १६औं होलमा बर्डी प्रहार गरेपनि १३औं र १७औं होलमा बोगी र १४ औं होलमा डबल बोगीको सामना गरे। उनले ब्याक नाइन २-ओभर ३८ मा सकाए। 

१४-ओभर १ सय ५८ सम्म स्कोर गरेका २१ प्रोफेसनल गल्फरहरू रमेश अधिकारी, रवि खड्का, बल भद्र राई, तोरण विक्रम शाही, भुवनकुमार रोक्का, सुनील केसी, दीपक मगर, रामे मगर, शिवरा पौडेल, पशुपति शर्मा, भु बहादुर गुरुङ, दलबहादुर लामा र टाशी घलेले कट बनाएका छन्। यस्तै अन्य तीन एमेच्योर गल्फर युवराज भुजेल, अमित बोगटी र उदिम राईपनि अन्तिम १८ होलको प्रतिस्पर्धाको लागि स्थान बनाएका छन्। 

७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी ३८ खेलाडीको सहभागिता रहेको छ। कुल ८ लाख ४० हजार रुपैयाँ पुरस्कार राशीको प्रतियोगिताको विजेताले १ लाख ४५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ९४ हजार र ७० हजार रुपैयाँ प्राप्त गर्नेछन्। साथै कट बनाउने अन्य प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।

November 28, 2023

हेटौंडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल हुने

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशको राजधानी हेटौंडामा हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८० आयोजना हुने भएको छ । मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा हुने प्रतियोगिता बुधबार सुरु भएर मंसिर १७ गतेसम्म चल्ने मकवानपुर बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंकाका गरी १ सय २० जना खेलाडीले सहभागिता […]

November 28, 2023

४ नेपालीलाई बंगलादेश कबड्डी लिग खेल्ने अवसर

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा यसै साता सुरु हुने महिला कबड्डी लिगमा ४ नेपाली खेलाडीले अवसर भएका छन् । ४ जनाले नै मेघना कबड्डी क्लबबाट खेल्ने अवसर प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएका छ । बंगलादेश कबड्डी संघको आयोजनामा मंसिर १४ देखि २२ गतेसम्म हुने लिगमा अनुजा कुलुङ राई, गंगा घिमिरे, जयन्ती […]

November 28, 2023

घिसिङलाई एसिया रग्बीको सेवा पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलाई एसिया रग्बीले सेवा पुरस्कारबाट सम्मान गरेको राखेपले जानकारी दिएको छ । नेपाल रग्बी संघका पूर्व अध्यक्ष समेत रहेका घिसिङलाई उनको कार्यकालमा नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनिय भूमिका निर्वाह गरेको सम्मान गरिएको हो । उज्वेकिस्तानको तास्केन्टमा भएको एसिया रग्बी अवार्ड कार्यक्रममा घिसिङलाई […]

Success

Thank you for your time.