2 years ago
November 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशको राजधानी हेटौंडामा हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८० आयोजना हुने भएको छ ।

मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा हुने प्रतियोगिता बुधबार सुरु भएर मंसिर १७ गतेसम्म चल्ने मकवानपुर बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंकाका गरी १ सय २० जना खेलाडीले सहभागिता जनाउनेछन् । अध्यक्ष श्रेष्ठले अहिलेसम्म १ सय १ जना खेलाडीले नाम दर्ता गराइसकेको जानकारी दिए ।
स्विस नियमअनुसार नौ राउन्डमा हुने प्रतियोगितामा खेलाडीलाई नाम दर्ताका लागि १० हजार रुपैयाँ शुल्क राखिएको छ । खेलाडीहरुका लागी खाने र बस्नेको सुविधा भने आयोजकले व्यहोर्ने बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरम लामाले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार, दोस्रो हुने ७५ हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथो हुनेले २५ हजार, पाँचौँ हुनेले २० हजार, छैटौंदेखि दशौं हुनेले १५ हजार तथा ११ औं देखि १५ औं स्थान आउनेले ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानिय लगायत विभिन्न विद्यामा ३८ जनाले नगदसहित पुरस्कार प्राप्त गर्ने महासचिव लामाले जानकारी दिए । प्रतियोगिता आयोजनाका लागि झन्डै ६१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जिल्ला बुद्धिचाल संघका अध्यक्ष श्रेष्ठले बताए ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]