2 years ago
December 1, 2023
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा कप एसियाली खुल्ला बुद्धिचाल प्रतियोगिता-२०८० मा शुक्रबार पाँचौं सकिँदा २३९३ रेटेड भारतीय सुभयान कुण्डुले अपराजित यात्रा जारी राखेका छन्।

सुभयानले चौथो राउन्डमा सौरभ चौबे माथि सहज जित हात पारे भने पाँचौं राउन्डमा दोस्रो वरियताका बंगलादेशी अन्तराष्ट्रिय मास्टर मोहमद मिनहाज उद्दिन संग खेले ।
हेटौंडा चेस क्लबको ब्यवस्थापन होटल सामनामा प्रतियोगितामा भारतीय खेलाडी राहुल गुरुङले देवराज र श्रायण माजुम्दारलाई पराजित गरे । बंगलादेशी एफएम नयेन हकले श्रयणसंग बराबरी गरि पाँचौ चरणमा अमरदीप बर्तकेलाई पराजित गरे।
नेपाल बुद्धिचाल महासंघको सहयोगमा मकवानपुर बुद्धिचाल संघको सह आयोजनमा भएको खेलमा नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले भारतीय खेलाडी आशुतोष कुमार र पूर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाईले अभिनव कुमारलाई पराजित गर्दै ४ अंक जोडेका छन्।
त्यसै गरी ४ अंकका साथ बंगलादेशी आईएम अबु सुफियान सकिल र भारतीय खेलाडीहरु एफएम अरविन्द प्रित सिंह, एरिना एफएम सौरभ चौवे, अक्षत नेगी, देबौषणीक डे र अमरदीप बर्कते पछ्याउँदै छन्।
पाँचौं राउन्डमा नेपाली युवा खेलाडी एरिना आईएम सुश्रुत दाहालले बंगलादेशी एफएम मोहमद शरीफ हुसैन संग बराबरी खेल्दै ३.५ अंक जोडेका छन् ।
त्यसै गरी बंगलादेशी एफएम महमद शरीफ, एफएम शेख नासिर अहमद, आशिष राज र शिवम् चौधरी पनि ३.५ अंक बटुल्न सफल भएका छन्। कुल ५ लाख ८७ हजार ५ सय रुपैयाँ पुरस्कार राशी भएको प्रतियोगिता आइतबार सकिनेछ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]